• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 16, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा अभिलेखीकरण आवश्यकः मदन पुरस्कार विजेता जोशी

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा अभिलेखीकरण आवश्यकः मदन पुरस्कार विजेता जोशी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मदन पुरस्कार विजेता वीणा जोशी (राजभण्डारी) ले नेपालको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा अभिलेखीकरणमा जोड दिएकी छन्।

आइतबार ललितपुरमा आयोजित मदन पुरस्कार समारोहमा मदन पुरस्कार विजेता पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ बारे आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन्। जोशीले परम्परागत कला र संस्कृतिको संरक्षणले इतिहासलाई सुरक्षित राख्नुका साथै नयाँ पुस्तामा सांस्कृतिक पहिचान हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

उनले उक्त पुस्तक नेवार समुदायका परम्परागत नाच, बाजा, मुकुण्डो नृत्य र तिनसँग जोडिएका सांस्कृतिक दर्शनलाई अभिलेखबद्ध गरी नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले लेखिएको बताइन्। उनले मदन पुरस्कार एउटा पुरस्कार मात्र नभई काठमाडौं उपत्यकाको परम्परागत कला, संस्कृति र इतिहासलाई पुस्तौँदेखि आफ्नो जीवनपद्धतिको अङ्ग बनाएर जोगाउँदै आएका सम्पूर्ण नेवार समुदायप्रतिको सम्मान भएको बताइन्।
उनले परम्परा इतिहासको अभिलेख मात्र नभई वर्तमानलाई आफ्नो जरा चिनाउने र भविष्यका पुस्तामा पहिचान हस्तान्तरण गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिइन्। नेपालका विभिन्न जातजाति, भाषाभाषी र समुदायका परम्परागत नृत्य, गीत तथा वाद्यवादनमाथि अनुसन्धान गर्न सके तिनको मूल बसोवास, धार्मिक आस्था, सामाजिक परम्परा, भाषा, संस्कार र प्राचीन संस्कृतिबारे जानकारी प्राप्त गर्न सकिने उनले बताइन्।

उनले समयसँगै परम्परामा परिवर्तन आउनु स्वाभाविक भए पनि परिवर्तनका क्रममा हराउन सक्ने सांस्कृतिक अभ्यासलाई अभिलेखमा सुरक्षित राख्नुपर्नेमा जोड दिइन्।
उनले भनिन्, ‘यो पुरस्कार मात्र नभई उपत्यकाको परम्परागत कला, संस्कृति र इतिहासलाई पुस्तौँदेखि आफ्नो जीवनपद्धतिको अङ्ग बनाएर जोगाउँदै आएका सम्पूर्ण नेवार समुदायप्रतिको सम्मान हो। अरू व्यापक अर्थमा यो आफ्नो मौलिक गीत, सङ्गीत, नृत्य, भाषा र संस्कृतिलाई जीवन्त राख्दै आएका सबै जातजाति र भाषाभाषीप्रतिको सम्मान पनि हो।
परम्परा इतिहास मात्र होइन, वर्तमानलाई यसका जरा चिनाउँदै भविष्यलाई आफ्नो पहिचान हस्तान्तरण गर्ने सशक्त माध्यम हो। आफ्नो मौलिक कला, संस्कृतिको संरक्षण गर्न सकिएन भने हामी आफ्नो इतिहासको महत्त्वपूर्ण सम्पत्ति गुमाउने छौँ। यही चेतना आजको बदलिँदो समयसँगै हुर्किरहेको नयाँ पुस्तामा हस्तान्तरण होस् भन्ने भावनाले यो पुस्तक जन्मिएको हो।

मेरो एउटै चाहना रहिरह्यो, हामीले त साना-साना पुस्तकहरू धेरै लेख्यौँ र पढ्यौँ, तर यसको समग्रता सङ्ग्रहित गर्न आवश्यक छ। पुस्तक प्रकाशनपछि हाम्रा लोपोन्मुख रैथाने परम्परा, अमूल्य नाच, बाजा र तिनका दर्शनलाई नयाँ पुस्तामाझ ल्याएर प्राज्ञिक बहस चलाउने मात्र नभएर काम गर्ने एउटा बाटो खुलेको छ।
हाम्रो देश अनेक जातजाति, भाषाभाषी समूह र समुदायले बनेको साझा सांस्कृतिक घर हो। यी प्रत्येक समुदायका परम्परागत नृत्य, गीत, वाद्यवादनमाथि अनुसन्धान गर्न सकियो भने तिनको मूल बासस्थानदेखि धार्मिक आस्था, सामाजिक परम्परा, भाषा, संस्कार र प्राचीन संस्कृति बुझ्न सकिन्छ।
समयको गति रोक्न सकिँदैन। परम्परामा आउने परिवर्तनलाई पनि थुन्न सकिँदैन। तर परिवर्तनको भेल बग्नुअघि अभिलेखमा सुरक्षित राख्न सकियो भने कम्तीमा इतिहास जोगाउन सकिन्छ भन्ने विश्वासले २०२७ सालमा राष्ट्रिय नाचघरमा काम गर्न थालेपछि सप्तमुनि गुरुसँग मैले नेवार समुदायका परम्परागत मुकुण्डो नाचमा केन्द्रित भएर अनुसन्धान गर्ने आफ्नो इच्छा राखेँ। उहाँबाट प्राप्त आत्मीय सहयोग र प्रेरणाले मेरो अनुसन्धानको औपचारिक यात्रा सुरु भयो।

मुकुण्डो नाचबारे पुस्तकहरू थोरै थिए, अहिले पनि धेरै थोरै छन्। यस विषयलाई पुस्तक पढेर मात्र बुझ्न र बुझाउन सम्भव थिएन। नेवार समुदायको जनजीवनसँग गाँसिएको धार्मिक, सामाजिक, सांस्कृतिक तथा संस्कारगत आस्था, प्रथा र परम्पराहरू नजिकबाट नियाल्नुपर्थ्यो। नाचको इतिहास धेरैजसो गुरुहरूको आस्थामा मात्र सुरक्षित थियो।

गुरुघर, नासःद्यः, विहार, बस्ती, गल्ली र डबलीहरू नै मेरा खुला पुस्तक बने। इतिहासका सङ्केत खोज्दै सत्तल, पाटीपौवा, मन्दिर र तिनका टुँडालहरू चहारियो। मूर्तिकला र चित्रकलामा कुँदिएका नृत्यभङ्गीहरू पढियो। सगुन, बलि, भोजका परिकार र नेवार समुदायको जातीय संरचनासमेत नाचको सैद्धान्तिक अध्ययनसँग जोडिन्छ।’
परम्परागत नाच, बाजा र तिनका दर्शनमाथि अनुसन्धान तथा प्राज्ञिक बहस अघि बढाउँदै व्यावहारिक संरक्षणका लागि राज्यले भूमिका खेल्नुपर्नेमा उनको जोड छ।

Previous Post

दुबईको सुन कारोबारदेखि काठमाडौंको मलसम्म, रोशन भुसालको व्यावसायिक सञ्जालमाथि प्रश्न?

Next Post

मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In