• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 18, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

चीनसँगको सम्बन्धमा आर्थिक कुटनीति र व्यापार घाटा न्युनिकरण प्राथमिकताः प्रश्तावित राजदुत शर्मा

रिजन खड्का by रिजन खड्का
२६ आश्विन २०८३, सोमबार
A A
चीनसँगको सम्बन्धमा आर्थिक कुटनीति र व्यापार घाटा न्युनिकरण प्राथमिकताः प्रश्तावित राजदुत शर्मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले नेपाल र चीनबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट मुलुकले अधिकतम आर्थिक लाभ लिनुपर्ने बताएका छन्।

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै शर्माले आर्थिक तथा विकास कूटनीतिलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका हुन्। शर्माले नेपालको परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई जोड दिएको स्मरण गराउँदै दुई देशबीचको राजनीतिक विश्वासलाई थप सुदृढ बनाउने बताए। नेपालको संविधान, पञ्चशीलको सिद्धान्त, असंलग्नता र ‘एक चीन सिद्धान्त’ प्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै उनले नेपाली भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नेपालको अडानलाई निरन्तरता दिने स्पष्ट पारे।

शर्माले दुई देशबीचको चरम व्यापार घाटा कम गर्न गुणस्तर मापन प्रणाली (मल्टिफङ्सन क्वालिटी टेस्ट मेसिन) सञ्चालन गरी नेपाली कृषि उपज, जडीबुटी, गलैँचा तथा हस्तकला सामग्री चिनियाँ बजारमा पुर्‍याउन पहल गर्ने बताए। थाइल्यान्डले डुरियन फल मात्रै चीनमा वार्षिक ४ अर्ब डलरको निर्यात गर्ने दृष्टान्त दिँदै उनले नेपालले पनि आफ्ना मौलिक उत्पादनको निर्यात बढाएर अर्थतन्त्र उकास्न सक्ने तर्क गरे। हालसम्म चीनबाट नेपालमा करिब ५०० वटा परियोजनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको जानकारी दिँदै उनले उत्पादनमूलक उद्योग, जलविद्युत्, पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी भित्र्याउन दूतावासले सहजीकरण गर्ने उल्लेख गरे। पर्यटन प्रवर्द्धनतर्फ जोड दिँदै उनले बेइजिङ र काठमाडौंबीच सीधा हवाई सम्पर्क स्थापना गर्न प्रयास गर्ने कार्ययोजना प्रस्तुत गरे।

नेपाल आउने चिनियाँ पर्यटकको औसत खर्च ५४१ अमेरिकी डलर मात्र रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले खर्च क्षमता बढाउन नेपालमै आकर्षक पर्यटकीय उत्पादन र प्याकेज निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, हङकङ, ल्हासा, छेन्दु र ग्वाङझाउस्थित नेपाली नियोगहरूबीच साझा कार्ययोजना बनाएर लगानी र पर्यटन आकर्षित गर्ने उनले बताए।

Previous Post

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान

Next Post

चलचित्र ‘गौंथली’ का निर्देशक रिजाललाई फ्रान्समा ‘सर्वश्रेष्ठ निर्देशक’ अवार्ड

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In