• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 18, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रवासी नेपालीको मताधिकार र श्रम गन्तव्यका समस्या समाधानका लागि स्पष्ट खाका माग गरेका छन्।

संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकमा जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीको कार्ययोजना र क्षमतामाथि प्रश्न गर्दै सांसद पुनले जोशीको लामो अनुभव र विज्ञताको प्रशंसा गरे। अब उनी एक अभियन्ताबाट कूटनीतिक प्रतिनिधिमा रूपान्तरण भएकाले थप जिम्मेवारी बढेको उनले बताए। उनले विशेषगरी विदेशमा रहेका नेपालीहरूको ‘नोट चल्ने तर भोट नचल्ने’ अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्राविधिक र प्रशासनिक रूपमा प्रवासी मताधिकार कार्यान्वयन गर्न कत्तिको सम्भव देख्नुहुन्छ भनी प्रश्न गरे।

आर्थिक कूटनीतितर्फ संकेत गर्दै पुनले नेपालको जर्मनीसँगको ऊर्जा र जलवायु परिवर्तनसम्बन्धी साझेदारीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। एलडिसीबाट स्तरोन्नति हुँदै गरेको नेपाललाई वैदेशिक सहयोगभन्दा बढी लगानीको आवश्यकता रहेको उल्लेख गर्दै उनले सोहीअनुरूप प्राथमिकता तय गर्न सुझाव दिए। उनले जर्मनीमा रहेको नेपालको जग्गा र सम्पत्तिको उचित व्यवस्थापन गर्न पनि ध्यानाकर्षण गराए।

श्रम आप्रवासनको क्षेत्रमा काम गरिसकेकी जोशीलाई लक्षित गर्दै पुनले महिला श्रमिकको सुरक्षा र गन्तव्य मुलुकमा भइरहेको शोषण न्यूनीकरणका उपायबारे प्रश्न सोधे। रोमानियाजस्ता देशमा श्रम स्वीकृति लिएका नेपालीहरू अनधिकृत रूपमा अन्यत्र जाने क्रम बढेको भन्दै उनले सरकारी तथ्याङ्क र वास्तविक अवस्थाबीचको ‘मिसम्याच’ लाई कूटनीतिक च्यानलबाट कसरी सम्बोधन गर्ने भन्नेबारे स्पष्ट पार्न आग्रह गरे।

उनले भने, ‘यहाँले विगतमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन वकालत गर्नुभएको थियो। अब यसको आर्थिक, प्राविधिक र प्रशासनिक सम्भाव्यता कति छ र आगामी निर्वाचनमा यो व्यवस्था लागू गर्न सकिन्छ? नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा रहँदा जर्मनीको विकास सहायता र लगानीलाई निरन्तरता दिन, विशेषगरी नवीकरणीय ऊर्जा, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा सहयोग बढाउन यहाँले के पहल गर्नुहुन्छ? वैदेशिक रोजगारीमा जाने महिला श्रमिकको शोषण अन्त्य गरी सुरक्षित र सम्मानजनक आप्रवासन सुनिश्चित गर्न यहाँको योजना के छ? बोनस्थित नेपाली राजदूतावासको सम्पत्ति व्यवस्थापन र बिक्रीसम्बन्धी समस्या कहिलेसम्म समाधान गर्नुहुन्छ? रोमानियाका लागि श्रम स्वीकृति लिएर अन्य युरोपेली मुलुकमा पुगेका नेपालीको तथ्याङ्क र वास्तविक अवस्थाबीचको अन्तर कसरी समाधान गर्नुहुन्छ?’

समिति बैठकमा सांसद पुनले कूटनीतिक नियोगको नेतृत्व गर्दा विज्ञतालाई व्यवहारमा उतार्न चुनौती हुने भए पनि आफ्नो पृष्ठभूमिले जोशीलाई काम गर्न सहज हुने विश्वास व्यक्त गरे।

 

Previous Post

आज पनि सुन तोलामा २२ सयले घट्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?

Next Post

यमनको ताइजमा २४ घण्टाभित्र हुथी आक्रमणमा परी ५ जनाको मृत्यु

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In