• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेपालमा पहिलोपटक ‘बिसाइड्स काठमाडौं २०२६’ साइबर सुरक्षा सम्मेलन हुँदै

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
नेपालमा पहिलोपटक ‘बिसाइड्स काठमाडौं २०२६’ साइबर सुरक्षा सम्मेलन हुँदै
0
SHARES
0
VIEWS

काठमाडौं । साइबर सुरक्षासम्बन्धी ज्ञान, अनुभव र प्रविधि आदानप्रदान गर्ने उद्देश्यले नेपालमा पहिलोपटक ‘बिसाइड्स काठमाडौं २०२६’ सम्मेलन आयोजना हुने भएको छ। आगामी नोभेम्बरमा बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा सम्मेलन सञ्चालन गरिने आयोजकले जनाएको छ।

साइबर सुरक्षा क्षेत्रमा कार्यरत विज्ञ, अनुसन्धानकर्ता तथा यस विषयमा रुचि राख्ने व्यक्तिहरूको पहलमा सम्मेलन हुन लागेको हो। कार्यक्रममा ३०० भन्दा बढी साइबर सुरक्षा विशेषज्ञ, इथिकल ह्याकर, अनुसन्धानकर्ता र विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार सम्मेलनको व्यवस्थापन तथा सञ्चालनका लागि प्रायोजन र टिकट बिक्रीबाट प्राप्त रकम उपयोग गरिनेछ।

सम्मेलनमा विद्यार्थी, जनरल तथा कर्पोरेट प्लस आफ्टर पार्टी गरी तीन किसिमका टिकटको व्यवस्था गरिएको छ। नोभेम्बर ४ सम्म उपलब्ध हुने अर्ली बर्ड टिकटअन्तर्गत विद्यार्थीका लागि एक हजार ९०० रुपैयाँ, जनरलका लागि दुई हजार ४०० रुपैयाँ र कर्पोरेट प्लस आफ्टर पार्टी पासका लागि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। नोभेम्बर ५ देखि नियमित टिकट दर र नोभेम्बर १६ देखि लेट बर्ड टिकटको मूल्य लागू हुने जनाइएको छ।

कार्यक्रममा प्राविधिक प्रस्तुति, प्रयोगात्मक अभ्यास, ह्याकिङ प्रतिस्पर्धा, ओपन सोर्स परियोजनाको प्रदर्शनी तथा साइबर सुरक्षा क्षेत्रमा सक्रिय व्यक्तिहरूसँग प्रत्यक्ष छलफल र अन्तरक्रिया गरिनेछ।

सम्मेलनका वक्तामध्ये माइन्डपुल टेक्नोलोजिजका अफेन्सिभ सेक्युरिटी लिड आशिष धोने पनि रहनेछन्। बैंकिङ, दूरसञ्चार र व्यावसायिक प्रविधि प्रणालीमा रेड टिमिङसम्बन्धी काम गरेको उनीसँग करिब एक दशकको अनुभव रहेको आयोजकले जनाएको छ।

साइबर सुरक्षासम्बन्धी सम्मेलनको अन्तर्राष्ट्रिय शृङ्खला ‘बिसाइड्स’ सन् २००९ मा अमेरिकाको लस भेगासबाट सुरु भएको थियो। काठमाडौंमा हुन लागेको सम्मेलनले नेपालका साइबर सुरक्षा क्षेत्रका विज्ञ, विद्यार्थी र अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

Previous Post

सात देशका कन्टेन्ट क्रिएटरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिँदै

Next Post

शुक्लाफाँटाका जंगली हात्तीको निगरानी गर्न रेडियो कलर जडान गरिने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav