• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रास्वपा सांसद जोडिएको बुटवल सडक ठेक्कामा चौथोपटक म्याद थप, अझै अधुरै निर्माण

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
रास्वपा सांसद जोडिएको बुटवल सडक ठेक्कामा चौथोपटक म्याद थप, अझै अधुरै निर्माण
0
SHARES
0
VIEWS

रुपन्देही । निर्माणमा ढिलाइ गर्ने ठेकेदारमाथि कारबाही अघि बढाइरहेको सरकारले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आबद्ध कम्पनीले जिम्मा लिएको बुटवलको सडक आयोजनामा भने पुनः समय थप गरेको छ । निर्माण सुरु भएको करिब एक दशक पुग्न लाग्दा पनि सम्पन्न नभएको राजमार्ग चौराहा–गोलपार्क सडक विस्तारको म्याद चौथोपटक लम्ब्याइएको हो ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित रास्वपा सांसद तौफिक अहमद खान आबद्ध बाबुल दर्शन मालिका जेभीले निर्धारित समयभित्र काम पूरा गर्न नसकेपछि सडक डिभिजन कार्यालय बुटवलले आगामी मंसिर २९ गतेसम्मको समय दिएको छ । यसअघि थपिएको म्याद २०८३ असोज २० गते सकिएको थियो ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालको गृहजिल्लामै पर्ने यो आयोजनामा पटक–पटक समय थपिनुले सरकारको निर्माण व्यवस्थापन नीतिमाथि प्रश्न उठाएको छ । प्रधानमन्त्री र मन्त्रीहरूले ढिलासुस्ती गर्ने निर्माण कम्पनीमाथि कारबाही गर्ने बताउँदै आए पनि सत्तारूढ दलका सांसद जोडिएको आयोजनामा निरन्तर म्याद थपिएको भन्दै आलोचना भइरहेको छ ।

सडक डिभिजन कार्यालय बुटवलकी सूचना अधिकारी प्रज्ञा शर्माका अनुसार निर्माण कम्पनीसँग मंसिर २९ भित्र काम सम्पन्न गर्ने सहमति भएपछि अन्तिमपटकका लागि म्याद थपिएको हो ।

आयोजनाको भौतिक प्रगति गत असार मसान्तसम्म ६० प्रतिशत रहेकोमा अहिले ७५ प्रतिशत पुगेको छ । पछिल्लो तीन महिनामा ४० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि अपेक्षित प्रगति हुन नसकेको कार्यालयले जनाएको छ । कम्पनीले हालसम्म ७२ प्रतिशत वित्तीय प्रगति हासिल गर्दै २१ करोड रुपैयाँभन्दा बढी भुक्तानी लिइसकेको छ ।

निर्माण गर्न बाँकी काममा गोलपार्क क्षेत्रमा दुवैतर्फको करिब ६०० मिटर सर्भिस लेन, बेससहितको थप ४०० मिटर सर्भिस लेन र मुख्य सडकको करिब एक किलोमिटर खण्डमा अन्तिम कालोपत्रे रहेका छन् ।

साढे तीन किलोमिटर लामो उक्त सडकलाई छ लेनमा विस्तार गर्ने योजना २०७३ चैत १७ गते सुरु भएको थियो । सुरुमा कञ्चनजङ्घा बिरुवा जेभीसँग ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । २०७६ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिए पनि पटक–पटक म्याद थप्दा समेत काम पूरा हुन सकेन । त्यसपछि सडक डिभिजनले २०८१ वैशाखमा उक्त ठेक्का रद्द गरेको थियो ।

पुरानो ठेक्का रद्द भएपछि २०८१ असोज १८ गते बाबुल दर्शन मालिका जेभीसँग भ्याटसहित ३३ करोड रुपैयाँमा नयाँ सम्झौता गरिएको थियो । एक वर्षभित्र अर्थात् २०८२ असोज १८ सम्म निर्माण सक्ने सर्त राखिए पनि नयाँ कम्पनीले समेत निर्धारित समयमा काम पूरा गर्न सकेन ।

यस आयोजनालाई लिएर विगतदेखि नै स्थानीयवासी र राजनीतिक दलहरूले प्रश्न उठाउँदै आएका छन् । सरकार परिवर्तनसँगै सडक निर्माणको विषय राजनीतिक बहसको मुद्दा बन्ने गरे पनि व्यवहारमा आयोजनाले गति लिन सकेको छैन ।

निर्माणमा ढिलाइ हुँदा बुटवलको मुख्य बजार क्षेत्रका बासिन्दा, व्यापारी र यात्रु लामो समयदेखि धुलो, हिलो तथा अव्यवस्थित यातायातको समस्या झेल्न बाध्य छन् । पटक–पटक समयसीमा तोकिए पनि काम सम्पन्न नहुँदा स्थानीयमा निराशा बढेको छ ।

स्थानीय यादव मरासिनीले अब प्रतिबद्धता मात्र नभई निर्माणको वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनका अनुसार आयोजनामा भएको ढिलाइको जिम्मेवारी कसले लिने र पटक–पटक म्याद थप्नुको आधार के हो भन्ने विषय सरकारले स्पष्ट पार्नुपर्छ ।

अब मंसिर २९ गतेभित्र निर्माण सम्पन्न हुन्छ वा पुनः समय थपिन्छ भन्ने विषयमा स्थानीयवासीको चासो बढेको छ ।

 

Previous Post

इनम सापकोटा र मिडियामा प्रहरी धरपकडबारे संसदीय छानबिन समिति बनाउन कांग्रेसको माग

Next Post

इरानसँग फेरि युद्ध हुन सक्ने इजरायली विपक्षी नेताको चेतावनी, नेतान्याहुमाथि सत्ता जोगाउन सैन्य तनाव चर्काएको आरोप

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav