सोमबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले बलिङ रोजेका हुन्। सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्नेछ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित काठमान्डु एनपीएलमा पहिलो जित निकाल्न चाहन्छ। यता, कर्णाली याक्स काठमान्डुलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ।
कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रन र दोस्रो खेलमा विराटनगर किंग्समाथि चार विकेटको जित निकालेको थियो। आज काठमान्डु गोर्खाजबाट अस्ट्रेलियाका पूर्वखेलाडी डेभिड वार्नर मैदानमा उत्रिँदैछन्।
