काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरकारका सबै सचिवसँग सामूहिक छलफल गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा विभिन्न मन्त्रालय तथा निकायका सचिवहरू सहभागी भएका हुन्।
स्रोतका अनुसार छलफलमा करिब ६० जना सचिव उपस्थित थिए। प्रधानमन्त्री शाहले सबै सचिवलाई एकै ठाउँमा बोलाएर छलफल गरेका हुन्।
बैठकमा उठाइएका विषय र छलफलको निष्कर्षबारे भने थप विवरण सार्वजनिक भएको छैन।
