• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सरकार बाह्य शक्तिको प्रभावमा परेको आशंका बढ्दो छ : एमाले महासचिव पोखरेल

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
सरकार बाह्य शक्तिको प्रभावमा परेको आशंका बढ्दो छ : एमाले महासचिव पोखरेल
0
SHARES
0
VIEWS

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीले नेपाल बाह्य शक्तिको प्रभावमा परेको हुन सक्ने आशंका बढाएको बताएका छन्।

रुपन्देहीको बुटवलमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले सरकारको गतिविधिले देशभित्र मात्र नभई छिमेकी मुलुकहरूमा समेत यस्तो आशंका उत्पन्न गरेको दाबी गरे।

भूराजनीतिक प्रतिस्पर्धा चर्किरहेका बेला सरकार र त्यसको नेतृत्वको कार्यशैलीले नेपालको संवेदनशील भू–राजनीतिक अवस्थालाई जोखिममा पार्न सक्ने चिन्ता बढेको उनको भनाइ थियो।

पोखरेलले पछिल्लो समय लोकतन्त्रको भविष्यसमेत चुनौतीमा परेको जिकिर गरे। संगठित हुने र आफ्ना विचार स्वतन्त्र रूपमा अभिव्यक्त गर्न पाउने अधिकार लोकतन्त्रका आधारभूत पक्ष भए पनि विश्वविद्यालय तथा क्याम्पसमा विद्यार्थी संगठनका गतिविधि रोक्ने प्रयास भइरहेको उनले आरोप लगाए। ट्रेड युनियनका गतिविधि नियन्त्रण गर्न खोजिएको भन्दै उनले सरकारको आलोचना गरे।

त्यस्तै, गृह मन्त्रालयको आदेशको हवाला दिँदै विरोध प्रदर्शन रोक्न दबाब दिने र पत्रकारलाई सञ्चारमाध्यमबाटै पक्राउ गर्नेजस्ता घटनाले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न खडा गरेको पोखरेलले बताए।

पत्रकारिताप्रति सरकारको व्यवहार पनि उचित नभएको उनको आरोप थियो। प्रधानमन्त्रीका सल्लाहकारले सामाजिक सञ्जालमार्फत पत्रकारलाई लक्षित गरेर टिप्पणी गर्ने गरेको प्रसंग उठाउँदै उनले यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रवृत्ति देखाएको बताए।

राज्यका जिम्मेवार पदमा रहेका व्यक्तिहरूले परिपक्वता प्रदर्शन गर्नुपर्नेमा सामाजिक सञ्जालका टिप्पणी र गतिविधिमा अल्झिएको पोखरेलको भनाइ थियो।

‘राज्य राज्यजस्तो छैन, सरकार सरकारजस्तो छैन,’ उनले टिप्पणी गर्दै कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूको व्यवहार बालबालिकाले भाँडाकुटी खेलेजस्तो देखिन थालेको बताए।

सरकारका यस्ता गतिविधिले लोकतान्त्रिक व्यवस्था कमजोर पार्नुका साथै संविधान कार्यान्वयन र राज्यका संस्थागत आधारलाई समेत प्रभावित बनाइरहेको पोखरेलको आरोप थियो।

 

Previous Post

१२ मिनेटको मौन चलचित्र ‘टु’मा सत्यजित रेको वर्गीय असमानता र उपभोक्तावादमाथिको सशक्त प्रहार

Next Post

मधेश प्रदेशमा असोज महिनाको सर्वोत्कृष्ट प्रहरी बने फिरोज चौधरी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav