सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध तथा साझा हितका विभिन्न विषयमा कुराकानी भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
भेटका क्रममा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, जलवायु वित्त तथा उत्थानशील आर्थिक विकासका क्षेत्रमा दुई देशबीच सहकार्य गर्ने विषयले प्राथमिकता पाएको थियो।
त्यसैगरी, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहकार्य र आपसी समन्वयका विषयमा समेत छलफल भएको जनाइएको छ।
वार्तामा नेपाल र बेलायतबीच आपसी हितका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयका साथै गोर्खा सैनिकको पेन्सनसम्बन्धी मुद्दाले पनि स्थान पाएको थियो।
