• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

मुख्यमन्त्री किरण थापाद्वारा रेडक्रससँग विपद् व्यवस्थापनमा सहकार्य गर्ने प्रतिबद्धता

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
मुख्यमन्त्री किरण थापाद्वारा रेडक्रससँग विपद् व्यवस्थापनमा सहकार्य गर्ने प्रतिबद्धता
0
SHARES
0
VIEWS

रसुवाका बाढी प्रभावित परिवारको पुनर्लाभ र पुनःस्थापनाका लागि कालिका गाउँपालिका र रेडक्रसबीच सम्झौता।

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय पुगेर संस्थासँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

भ्रमणका क्रममा उनले नेपाल रेडक्रससँग आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै मानवीय सेवामा संस्थाले पुर्‍याएको योगदानको प्रशंसा गरे। आफ्नो व्यावसायिक जीवनको सुरुवात रेडक्रसबाटै भएको उल्लेख गर्दै उनले संस्थामा आबद्ध भएर काम गर्दा नेतृत्व क्षमता, जनसम्पर्क, प्राथमिक उपचार र विपद् व्यवस्थापनसम्बन्धी सीप हासिल गर्न सहयोग पुगेको बताए।

आगामी दिनमा व्यक्तिगत रूपमा तथा बागमती प्रदेश सरकारका तर्फबाट पनि रेडक्रसलाई आवश्यक सहयोग र सहकार्य गर्ने उनको प्रतिबद्धता थियो।

भेटका क्रममा विपद् प्रतिकार्य, प्रभावित समुदायको पुनर्लाभ तथा पुनःस्थापना र मानवीय सेवाका क्षेत्रमा रेडक्रसले सञ्चालन गरिरहेका कार्यक्रमबारे छलफल भएको थियो।

मुख्यमन्त्रीको भ्रमणकै अवसरमा रसुवाको बाढी प्रभावित समुदायलाई लक्षित गरी कालिका गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाबीच सहयोगसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा र रेडक्रस जिल्ला शाखाका उपसभापति नीलकण्ठ आचार्यले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, आवास, जीविकोपार्जन, नगद सहायता र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा संयुक्त रूपमा काम गरिनेछ।

कार्यक्रमअन्तर्गत प्रभावित परिवारलाई बहुउद्देश्यीय नगद सहयोग, आयआर्जन पुनःस्थापनाका लागि सहायता, अस्थायी आवास तथा घरभाडा उपलब्ध गराउने योजना छ। बाढीका कारण मृत्यु वा बेपत्ता भएका व्यक्तिका परिवारलाई पनि निर्धारित मापदण्डअनुसार सहयोग गरिनेछ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले प्रभावित समुदायको आवश्यकता र प्राथमिकताका आधारमा कार्यक्रम सञ्चालन गरिने बताए। उनले कार्यक्रम कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता, समावेशिता र स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिइने उल्लेख गरे।

रेडक्रस, स्थानीय तह र प्रदेश सरकारबीचको समन्वयले बाढी प्रभावित समुदायको पुनर्लाभ तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउने विश्वाससमेत उनले व्यक्त गरे।

 

Previous Post

सत्ता परिवर्तन भए पनि परराष्ट्र नीति बदलिनु हुँदैन : सांसद धिताल

Next Post

‘द भ्वाइस अफ नेपाल’ सिजन ८ को ब्याटल राउन्ड आजदेखि छायांकन हुँदै

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav