कार्यक्रमको ब्लाइन्ड अडिसन सम्पन्न भएसँगै चारै जना कोचले आफ्नो टिमका लागि १६–१६ जना प्रतियोगी छनोट गरिसकेको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन्।
यस सिजनमा गायक प्रमोद खरेल, गायिका मिलन नेवार तथा गायक एकदेव लिम्बू र नरेन लिम्बू कोचका रूपमा रहेका छन्।
निर्देशक पौडेलका अनुसार कार्यक्रमका आठ भाग टेलिभिजन र युट्युबमार्फत प्रसारण भइसकेका छन्। ब्लाइन्ड अडिसनका बाँकी चार भाग प्रसारण भएपछि ब्याटल राउन्डका कार्यक्रम दर्शकमाझ आउनेछन्।
‘द भ्वाइस अफ नेपाल’ प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टेलिभिजन तथा कार्यक्रमको आधिकारिक युट्युब च्यानलबाट प्रसारण हुँदै आएको छ।
