बिचौलिया इनम सापकोटासँगको संवाद र भेटको विषयलाई लिएर उनी विवादमा तानिएका थिए। यस विषयमा सत्तारूढ दल रास्वपाको सचिवालय बैठकले संसदीय दललाई प्रक्रिया थाल्न निर्देशनसमेत दिइसकेको छ।
सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रीले न्यायाधीश फुयाल कात्तिक २० गतेसम्मका लागि बिदामा बसेको जानकारी दिएका छन्। फुयालले मंगलबारदेखि लागू हुनेगरी बिदा लिएका हुन्।
बिदामा बस्नुको कारण भने खुलेको छैन। सर्वोच्चको मुद्दा पेसी सूचीमा न्यायाधीश फुयाललाई इजलास तोकिएको छैन।
न्यायपालिकासम्बन्धी समसामयिक विषयमा निर्णय लिन सोमबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले विवादमा परेका न्यायाधीशमाथि छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको थियो।
बिचौलिया सापकोटाको बयानमा मुछिएपछि अर्की न्यायाधीश सारंगा सुवेदीले सोमबार इजलासमा बसिनन्।
बिचौलिया सापकोटा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निकट व्यक्ति हुन्। गत फागुन २१ को निर्वाचनमा सापकोटाले बालेनको प्रचारप्रसार गरेका थिए। उनै इनमले प्रधानमन्त्री बालेनको नाम लिँदै न्यायाधीशहरूलाई भेट्ने गरेको खुलेको छ।
