घाइतेलाई प्रभु हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल पुर्याइएको हो।
मंगलबार बिहान अवतरण गर्ने क्रममा फिस्टेल एयर र डायनेस्टी एयरका दुई हेलिकोप्टर आपसमा ठोक्किएका थिए। दुर्घटनामा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
घाइतेको उपचार नेपाल मेडिसिटी अस्पतालमा भइरहेको छ।
