• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

प्रदर्शनअघि नै शाहरुखको ‘किङ’को व्यापार ६६५ करोड भारु, लगानी उठाउन ८०० करोडको लक्ष्य

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
प्रदर्शनअघि नै शाहरुखको ‘किङ’को व्यापार ६६५ करोड भारु, लगानी उठाउन ८०० करोडको लक्ष्य
0
SHARES
0
VIEWS

थिएटरदेखि ओटीटीसम्मका अधिकार महँगोमा बिक्री, फिल्मको अनुमानित लागत ५५० करोड भारु

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको बहुप्रतीक्षित चलचित्र ‘किङ’ प्रदर्शनमा आउनुअघि नै ठूलो रकमको कारोबार गर्न सफल भएको छ। आगामी डिसेम्बर २४ मा रिलिज हुने तयारीमा रहेको चलचित्रले थिएटर, डिजिटल, स्याटेलाइट र संगीत अधिकार बिक्रीबाट करिब ६६५ करोड भारु जुटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

करिब तीन वर्षपछि ठूलो पर्दामा फर्किन लागेका शाहरुखको यो चलचित्रलाई लिएर दर्शकमाझ उत्साह बढ्दो छ। त्यसको प्रभाव चलचित्रको प्रि–रिलिज व्यापारमा समेत देखिएको छ। अन्तर्राष्ट्रिय वितरण कम्पनी फर्स फिल्म्सले ‘किङ’को विदेश प्रदर्शन अधिकार १७५ करोड भारुको न्यूनतम ग्यारेन्टी (एमजी) मा खरिद गरेको बताइएको छ।

यस सम्झौताअनुसार निर्माताले विदेश वितरण कम्पनीबाट कम्तीमा १७५ करोड भारु प्राप्त गर्नेछन्। चलचित्रले राम्रो व्यापार गरेमा सम्झौताका सर्तअनुसार थप आम्दानी हुने सम्भावना पनि रहन्छ। यसअघि कुनै भारतीय चलचित्रको विदेश प्रदर्शन अधिकार १०० करोड भारुभन्दा बढीमा बिक्री नभएको दाबी गरिएको छ।

भारतीय सञ्चारमाध्यम पिंकभिल्ला र स्याकनिल्कका अनुसार भारतभित्रको थिएटर वितरण अधिकार पेन मरुधरले २५० करोड भारुमा खरिद गरेको छ। यसबाट निर्माताले प्रदर्शनअघि नै उक्त रकम प्राप्त गर्नेछन्। वितरकले आफ्नो लगानी र कमिसन उठाएपछि चलचित्रको व्यावसायिक सफलताबाट निर्मातालाई थप लाभ पुग्न सक्नेछ।

त्यस्तै, नेटफ्लिक्सले चलचित्रको डिजिटल प्रसारण अधिकार १५० करोड भारुमा लिएको छ। टेलिभिजन प्रसारण अधिकार २५ करोड र संगीत अधिकार ६५ करोड भारुमा बिक्री भएको बताइएको छ। यी सबै अधिकारको कारोबार जोड्दा चलचित्रले प्रदर्शनअघि नै करिब ६६५ करोड भारुको व्यापार गरेको देखिन्छ।

निर्माण लागत ५५० करोडसम्म पुग्ने अनुमान

‘किङ’को प्रारम्भिक बजेट ३०० करोड भारुभन्दा बढी रहेको बताइए पनि छायाङ्कनका क्रममा लागत बढेर ४०० करोडसम्म पुगेको भारतीय सञ्चारमाध्यमको दाबी छ। निर्माता कम्पनी रेड चिलिज इन्टरटेनमेन्टले प्रचारप्रसारका लागि मात्रै करिब ५० करोड भारु खर्च गर्ने तयारी गरेको बताइएको छ।

यसमा शाहरुख खानको अनुमानित पारिश्रमिकसमेत जोड्दा चलचित्रको कुल लागत करिब ५५० करोड भारु पुग्ने आकलन गरिएको छ।

अर्कोतर्फ, थिएटर वितरणका लागि निर्माताले पाउने न्यूनतम ग्यारेन्टी रकम ४२५ करोड भारु रहेको बताइएको छ। उक्त लगानी र अन्य खर्चको हिसाब मिलाउन चलचित्रले विश्वव्यापी बक्स अफिसमा कम्तीमा ८०० करोड भारुभन्दा बढीको कारोबार गर्नुपर्ने अनुमान गरिएको छ। त्यसैले प्रदर्शनअघि नै ठूलो रकम जुटाएको भए पनि ‘किङ’का लागि व्यावसायिक सफलता हासिल गर्नु चुनौतीपूर्ण देखिन्छ।

पहिलोपटक छोरी सुहानासँग पर्दा साझा गर्दै शाहरुख

‘पठान’, ‘जवान’ र ‘डंकी’पछि शाहरुख खान ठूलो पर्दामा फर्किन लागेको चलचित्र भएकाले ‘किङ’लाई विशेष प्रतीक्षाका साथ हेरिएको छ। यस चलचित्रमा उनले पहिलोपटक छोरी सुहाना खानसँग अभिनय गर्दैछन्।

चलचित्रमा शाहरुख र सुहानासँगै दीपिका पादुकोण, रानी मुखर्जी तथा अभिषेक बच्चन पनि प्रमुख भूमिकामा देखिनेछन्। स्टार कलाकारहरूको उपस्थिति र ठूलो बजेटका कारण ‘किङ’को प्रदर्शन तथा बक्स अफिस नतिजालाई लिएर अहिले नै बलिउडमा चर्चा सुरु भएको छ।

 

Previous Post

जन्मदर्तामै अन्तरलिंगी पहिचान खुलाउने सांसदहरूको प्रस्ताव, विधेयकमा संशोधन माग

Next Post

फेरिचे हेलिप्याडमा हेलिकप्टर ठोक्किँदा घाइते भएका व्यक्ति मेडिसिटी अस्पतालमा भर्ना

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav