अख्तियारका अनुसार विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गर्ने क्रममा अनियमितता भएको आशंका गरिएको छ। मन्त्रिपरिषद्को निर्णयमार्फत सार्वजनिक जग्गा छुट दर्ता गराइएको विषयमा भ्रष्टाचार भएको दाबी गर्दै आयोगले मुद्दा अघि बढाएको हो।
हाल विशेष अदालतमा मुद्दा रुजु गर्ने प्रक्रिया जारी रहेको छ।
यसअघि पनि माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दा पनि विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ।
