सचिव मिस्रीलाई भारतीय राजदूत सुधाकर दलेलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। सचिव मिस्री चार महिनाअघि नै नेपाल आउन चाहेका थिए। तर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भेट नदिने भएपछि भ्रमण स्थगित भएको थियो।
पछिल्लो समय प्रधानमन्त्री बालेनले भारतसँग सम्बन्ध सुधार गर्न खोजेका छन्। रास्वपा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीले न्यानो स्वागत गरेपछि झस्केका बालेनले आफ्ना प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनलाई गोप्य रूपमा भारत पठाएका थिए।
बेनले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुखलाई नयाँ दिल्लीस्थित एक होटलमा भेटेर दुई देशबीच सम्बन्ध बढाउन प्रस्ताव गरेपछि सचिव मिस्रीको नेपाल भ्रमण तय भएको थियो। सोहीअनुसार मिस्री बालेनको सम्भावित भारत भ्रमणको तयारीका सिलसिलामा बुधबार नेपाल आइपुगेका हुन्। उनले प्रधानमन्त्री बालेनलाई भेटेर भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने बुझिएको छ।
