• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

२२ वर्ष अन्तरिक्षमा रहेको नासाको टेलिस्कोप आज पृथ्वीमा खस्दै, भारतका केही सहर सम्भावित क्षेत्रभित्र

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
२२ वर्ष अन्तरिक्षमा रहेको नासाको टेलिस्कोप आज पृथ्वीमा खस्दै, भारतका केही सहर सम्भावित क्षेत्रभित्र
0
SHARES
0
VIEWS

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासा (NASA) को करिब १ हजार ५०० किलोग्राम तौलको अन्तरिक्ष वेधशाला ‘निल गेरेल्स स्विफ्ट अब्जर्भेटरी’ प्रक्षेपण भएको झन्डै २२ वर्षपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने भएको छ। नोभेम्बर ४ अर्थात् आजै वायुमण्डलमा प्रवेश गर्ने अनुमान गरिएको यस यानका अधिकांश भाग वायुमण्डलमै जलेर नष्ट हुनेछन्। यद्यपि, केही उपकरणका अवशेष पृथ्वीको सतहसम्म आइपुग्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।

नासाका अनुसार अन्तरिक्ष वेधशालाको पुनः प्रवेश क्षेत्र २०.६ डिग्री दक्षिणदेखि २०.६ डिग्री उत्तर अक्षांशसम्म फैलिन सक्ने अनुमान छ। उक्त भौगोलिक सीमाभित्र भारतका केही सहरसमेत पर्ने भएकाले त्यहाँ अन्तरिक्ष यानका अवशेष खस्न सक्ने सैद्धान्तिक सम्भावना रहेको छ।

सम्भावित क्षेत्रभित्र भारतका मुम्बई, हैदराबाद, बेङ्गलुरु र चेन्नईलगायत सहर पर्छन्। भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार यी सहरको भौगोलिक अवस्थिति पुनः प्रवेशको सम्भावित अक्षांशीय सीमाभित्र रहेको छ।

तर, यी सहर सम्भावित क्षेत्रभित्र पर्दैमा त्यहीँ अवशेष खस्ने निश्चित भने छैन। अन्तरिक्ष यान पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा त्यसको कक्षीय अवस्था, गति र समयले वास्तविक स्थान निर्धारण गर्ने भएकाले नासाले अहिलेसम्म कुनै निश्चित सहरलाई जोखिमयुक्त क्षेत्रका रूपमा तोकेको छैन।

अन्तरिक्ष मिसनका प्रमुख वैज्ञानिक ब्राड सेन्कोका अनुसार अफ्रिका, अस्ट्रेलिया, भारत, दक्षिणपूर्वी एसिया तथा मध्य र दक्षिण अमेरिकाका केही भूभाग सम्भावित पुनः प्रवेश क्षेत्रभित्र पर्न सक्छन्।

समुद्रमा अवशेष खस्ने सम्भावना बढी

वैज्ञानिकहरूका अनुसार पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा उत्पन्न हुने अत्यधिक तापक्रमका कारण अन्तरिक्ष यानका अधिकांश भाग जलेर नष्ट हुनेछन्। तर, तापक्रम सहन सक्ने केही बलिया उपकरण तथा धातुका टुक्रा भने पृथ्वीको सतहसम्म आइपुग्न सक्ने सम्भावना छ।

डरहम विश्वविद्यालयका खगोलभौतिकशास्त्री जोनाथन म्याकडोवेलले करिब १ हजार ५०० किलोग्राम तौलको यस अन्तरिक्ष यानमध्ये पुनः प्रवेशपछि १०० किलोग्रामभन्दा बढी अवशेष बाँकी रहे आफूलाई आश्चर्य लाग्ने बताएका छन्।

अस्ट्रेलियन नेसनल युनिभर्सिटीका खगोलभौतिकशास्त्री ब्राड टकरका अनुसार पृथ्वीको करिब ७० प्रतिशत भाग महासागरले ढाकेको छ। त्यसैले तथ्याङ्कीय सम्भावनाका आधारमा अन्तरिक्ष यानका अवशेष समुद्रमा खस्ने सम्भावना बढी रहेको उनको भनाइ छ।

वैज्ञानिकहरूले यस घटनाबाट मानिसलाई प्रत्यक्ष चोटपटक लाग्ने वा भौतिक संरचनामा ठूलो क्षति पुग्ने सम्भावना निकै कम रहेको बताएका छन्।

अन्तरिक्षबाट पृथ्वीमा फर्किने वस्तुहरूको निगरानीका लागि भारतसँग पनि आवश्यक प्रविधि रहेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले श्रीहरिकोटामा रहेको बहुवस्तु अनुगमन राडारमार्फत उपग्रह, रकेटका अवशेष तथा अन्य अन्तरिक्षीय वस्तुको निगरानी गर्दै आएको छ। यद्यपि, स्विफ्ट वेधशालाको पुनः प्रवेशलाई इसरोले पनि निगरानी गरिरहेको छ वा छैन भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

२२ वर्षसम्म अन्तरिक्षमा गरेको वैज्ञानिक अध्ययन

नासाले सन् २००४ नोभेम्बर २० मा स्विफ्ट अन्तरिक्ष वेधशाला प्रक्षेपण गरेको थियो। सुरुमा यसको नाम ‘स्विफ्ट गामा–रे बर्स्ट एक्सप्लोरर’ राखिएको थियो। प्रारम्भिक योजना दुई वर्षसम्म सञ्चालन गर्ने भए पनि यसले करिब २२ वर्ष अन्तरिक्षमा रहेर वैज्ञानिक अनुसन्धान गरेको थियो।

यस वेधशालाको मुख्य उद्देश्य गामा–रे विस्फोटलगायत ब्रह्माण्डमा हुने अत्यधिक ऊर्जायुक्त घटनाको अध्ययन गर्नु थियो। यसले सुपरनोभा, ब्ल्याक होल तथा अन्य खगोलीय गतिविधिबारे महत्त्वपूर्ण तथ्य र तस्बिरहरू संकलन गरेको छ।

नासाका अनुसार आफ्नो सञ्चालन अवधिमा स्विफ्ट वेधशालाले २ हजारभन्दा बढी गामा–रे विस्फोट र १ हजार ४०० भन्दा बढी सुपरनोभाको अवलोकन गरेको थियो। निर्धारित दुई वर्षको कार्यकालभन्दा करिब दुई दशक बढी समय सक्रिय रहेर यसले खगोल विज्ञानको अनुसन्धानमा योगदान पुर्‍याएको छ।

यस अन्तरिक्ष वेधशालाले सन् २०२६ अक्टोबर २० मा आफ्नो अन्तिम वैज्ञानिक अवलोकन गरेको थियो। समयसँगै यसको कार्यक्षमता घट्दै गएपछि अब पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने अवस्था आएको हो।

अन्तरिक्ष यानको पुनः प्रवेशसम्बन्धी अवस्थालाई नासा र अमेरिकी स्पेस फोर्सले निगरानी गरिरहेका छन्। वैज्ञानिकहरूले यसको अधिकांश हिस्सा वायुमण्डलमै नष्ट हुने र पृथ्वीमा अवशेष खस्ने सम्भावना तुलनात्मक रूपमा न्यून जोखिमको विषय रहेको बताएका छन्।

Previous Post

डलर, युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो, स्विस फ्र्यांक बढ्यो

Next Post

कुकुर तिहारको रील बनाउनुहोस्, उत्कृष्टलाई एक लाख रुपैयाँ पुरस्कार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav