• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ओली–गगन संवादहीनता अन्त्य हुनुको कारण के ? मधेस सरकारदेखि विपक्षी एकतासम्म छलफल

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
ओली–गगन संवादहीनता अन्त्य हुनुको कारण के ? मधेस सरकारदेखि विपक्षी एकतासम्म छलफल
0
SHARES
0
VIEWS

काठमाडौं । लामो समयदेखि संवादमा नरहेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको छ । थापा ओलीलाई भेट्न भक्तपुरको गुण्डुस्थित निवास पुगेका थिए । भेटमा मधेस प्रदेशको सत्ता समीकरण र सरकारका गतिविधिविरुद्ध विपक्षी दलहरूबीच सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।

जेनजी आन्दोलनपछि ओलीसँग प्रत्यक्ष भेटघाट नगरेका थापाले यसपटक पार्टीकै निर्णयअनुसार भेट गरेको कांग्रेस उपसभापति मधु आचार्यले बताएका छन् ।

उनका अनुसार कांग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न थापा ओली निवास पुगेका हुन् । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि विचार आदानप्रदान भएको थियो ।

कांग्रेसको विशेष महाधिवेशनपछि ओलीले पटक–पटक संवादको प्रयास गरे पनि थापा भेटका लागि तयार भएका थिएनन् । प्रतिनिधिसभा निर्वाचनका क्रममा समेत ओलीले भेट्न चाहेको भए पनि उनीहरूबीच संवाद हुन सकेको थिएन । त्यसबेला थापाले आफ्नो तर्फबाट तत्कालीन उपसभापति विश्वप्रकाश शर्मालाई ओलीसँग संवादका लागि पठाएका थिए ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा पाए पनि ओली स्वयं सहभागी नभई महासचिव शंकर पोखरेललाई पठाएका थिए ।

तर मधेस प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनले दुई नेताबीच भेटको वातावरण बनाएको देखिन्छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेको समर्थन पुनः प्राप्त गर्ने प्रयासका लागि कांग्रेस सभापति थापाले एमाले अध्यक्ष ओलीसँग संवाद गर्नुपर्ने सन्देश पार्टीभित्र राखेको बताइएको छ ।

गत असोज ३० गते एमालेले मधेस प्रदेशको कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । त्यसपछि मुख्यमन्त्री यादवले कात्तिक २८ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था बनेको छ । यही राजनीतिक चुनौती समाधानका लागि थापाले ओलीसँग छलफल गरेको कांग्रेस नेताहरूको भनाइ छ ।

भेटमा मधेस प्रदेश सरकारबाहेक केन्द्र सरकारका कामकारबाहीविरुद्ध विपक्षी दलहरूले साझा धारणा बनाएर अघि बढ्ने विषयले पनि स्थान पाएको थियो ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको पहलमा सोमबार बसेको विपक्षी दलहरूको बैठकले सञ्चारमाध्यममा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रभाव, कर्मचारीतन्त्रमा बढ्दो दबाब र सरकारको कार्यशैलीलाई साझा चासोका विषय बनाउने निर्णय गरेको थियो । थापा र ओलीबीच यसै सन्दर्भमा पनि छलफल भएको कांग्रेस उपसभापति आचार्यले बताएका छन् ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले पनि भेटको प्रमुख उद्देश्य मधेस प्रदेश सरकारको विषय भए पनि राष्ट्रिय राजनीतिक परिस्थिति र सरकारका गतिविधिबारे समेत छलफल भएको जानकारी दिएका छन् ।

यसैबीच, एमाले सचिव महेश बस्नेतले कांग्रेस, नेकपा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबीच संवाद र सहकार्यको वातावरण बन्नुलाई सकारात्मक रूपमा लिएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले जेनजी आन्दोलनपछिका घटनाक्रम, बाह्य हस्तक्षेपको आशंका र राज्यका संस्थागत संरचनामाथि परेको दबाबले विभिन्न राजनीतिक शक्तिलाई साझा चासोका विषयमा संवाद गर्न प्रेरित गरेको बताएका छन् ।

उनले व्यक्तिगत तथा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्था र संस्थागत स्थायित्वका विषयमा साझा दृष्टिकोण बनाउनुपर्ने धारणा राखेका छन् ।

मधेस प्रदेशको सत्ता समीकरण मिलाउने प्रयासबाट सुरु भएको ओली–गगन भेटले राष्ट्रिय राजनीतिमा विपक्षी दलहरूबीच सम्भावित सहकार्यको विषयलाई समेत चर्चामा ल्याएको छ ।

Previous Post

भारतीय विदेश सचिवसँग भेट्दै प्रधानमन्त्री बालेन, पुरानो भेटघाट प्रोटोकलमा फेरबदल

Next Post

भारतीय विदेश सचिव मिश्रीले थाले भेटघाट, परराष्ट्रमन्त्री खनालसँग द्विपक्षीय सम्बन्धबारे छलफल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav