काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
बैठकमा सरकारका पछिल्ला कामकारबाही, प्रशासनिक विषय तथा समसामयिक राजनीतिक र राष्ट्रिय मुद्दाबारे छलफल हुने बताइएको छ ।
बैठकबाट सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा आवश्यक निर्णयसमेत हुन सक्नेछ ।
