• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विगतका कमजोरी नसच्याए एमाले अघि बढ्न सक्दैन : शंकर पोखरेल

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
विगतका कमजोरी नसच्याए एमाले अघि बढ्न सक्दैन : शंकर पोखरेल
0
SHARES
0
VIEWS

‘जेनजी आन्दोलनपछि पार्टीले ठूलो राजनीतिक क्षति बेहो¥यो, प्रत्यक्षतर्फ नौ सिटमा खुम्चिने अनुमान थिएन’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ दिशामा अघि बढाउन विगतका गल्ती र कमजोरीको निष्पक्ष समीक्षा आवश्यक रहेको बताएका छन् । पार्टी सञ्चालनदेखि राज्यसत्तामा रहँदासम्म भएका कामको मूल्याङ्कन नगरी आगामी राजनीतिक कार्यदिशा तय गर्न नसकिने उनको भनाइ छ ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले विगतका अनुभवबाट पाठ सिकेर नयाँ परिस्थितिअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने बताए । एमाले नेतृत्वमा बनेका दुईवटा नौमहिने सरकारबाहेक अन्य कार्यकालमा पनि महत्त्वपूर्ण काम भएको उल्लेख गर्दै उनले त्यसअनुसार जनताको समर्थन विस्तार हुन नसकेको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे ।

२०७४ सालमा बनेको शक्तिशाली वामपन्थी सरकारको उदाहरण दिँदै उनले सरकारको नेतृत्वमा रहँदा पनि वामपन्थी जनमत किन बढ्न सकेन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताए । समाज परिवर्तन र समाजवाद निर्माणको लक्ष्य बोकेको पार्टीले अनुकूल राजनीतिक अवसरलाई जनसमर्थन विस्तारमा किन उपयोग गर्न सकेन भन्ने विषय आत्ममूल्याङ्कनको मुख्य आधार हुनुपर्ने उनको भनाइ थियो ।

पोखरेलले गत भदौ २३ र २४ गते भएका घटनाले एमालेको राजनीतिक यात्रामा गम्भीर असर पारेको पनि बताए । पार्टीकै नेतृत्वमा सरकार रहेका बेला ती घटना हुनुले पार्टीको आगामी भविष्यबारे प्रश्न उठाएको उनको विश्लेषण छ ।

उनका अनुसार ती घटनापछि मुलुकको राजनीति प्रतिगमनतर्फ जान सक्ने निष्कर्ष निकाल्दै एमालेले भूराजनीतिक चुनौतीको सामना गर्ने रणनीतिसहित अघि बढ्ने प्रयास गरेको थियो । फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले विगतमा गरेका काम र भूराजनीतिक स्वार्थका विषय जनतामाझ स्पष्ट पार्दा समर्थन पुनः प्राप्त हुने अपेक्षा गरिएको भए पनि नतिजा अनुकूल आउन नसकेको उनले स्वीकारे ।

प्रत्यक्ष निर्वाचनतर्फ एमाले नौ सिटमा सीमित हुनुपर्ने अवस्था आउला भन्ने आफूहरूले कल्पनासमेत नगरेको पोखरेलले बताए । निर्वाचनमा अपेक्षित परिणाम नआएपछि पार्टीको आगामी दिशा तय गर्न कार्यकर्ताबाट सुझाव संकलन गरी समीक्षा प्रतिवेदन तयार पारिएको उनले जानकारी दिए ।

उनले कार्यकर्ताका सुझावका आधारमा मात्र अघि बढ्न पर्याप्त नहुने निष्कर्ष निकाल्दै सचिवालय बैठकबाट पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरिएको बताए । उक्त कार्यदलले प्राप्त सुझावलाई समेटेर सहमतिका आधारमा ४० बुँदे सङ्कल्प प्रस्ताव तयार पारेको थियो ।

त्यसैलाई आधार बनाएर बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीभित्रका समस्याको पहिचान गर्दै आगामी कार्यदिशाका लागि दुई प्रमुख कार्यभार र १५ वटा काम निर्धारण गरेको पोखरेलले जानकारी दिए ।

पार्टीलाई नयाँ ढङ्गले अघि बढाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले विगतका उपलब्धि र कमजोरीको वस्तुनिष्ठ समीक्षा गरी बदलिँदो राजनीतिक परिस्थितिअनुसार संगठनलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

Previous Post

प्रधानमन्त्री कार्यालयमा आज मन्त्रिपरिषद् बैठक बस्दै

Next Post

उद्योगको आवश्यकताअनुसार प्राविधिक शिक्षा परिमार्जन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav