। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्धनको मूल्य बढेका कारण मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले क्षति बेहोर्नुपरेको स्वीकार गरेका छन् ।
इन्धन किन्न बढी रकम खर्च गर्नुपर्दा सर्वसाधारण असन्तुष्ट बनेको र त्यसको असर निर्वाचनमा देखिएको ट्रम्पको भनाइ छ ।
‘फक्स न्युज’सँगको अन्तर्वार्तामा उनले चुनावी परिणामलाई आफ्नो राष्ट्रपतीय कार्यकालविरुद्धको धक्काका रूपमा भने नलिएको स्पष्ट पारेका छन् ।
मध्यावधि निर्वाचनपछि अमेरिकी संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीको पकड कमजोर बनेको छ । ट्रम्पले डेमोक्रेटिक पार्टीले लामो समयदेखि ठूलो चुनावी सफलता हासिल गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै यसपटक त्यसमा सफल भएको बताएका छन् । उनले डेमोक्रेटिक पार्टीलाई चुनावी सफलताका लागि बधाईसमेत दिएका छन् ।
अन्तर्वार्ताका क्रममा ट्रम्पले आफ्नो कार्यकालका उपलब्धिबारे पनि चर्चा गरेका थिए । अर्थतन्त्रमा सुधार ल्याएको र अमेरिकाको दक्षिणी सीमामा सुरक्षा व्यवस्था थप कडा बनाएको उनले आफ्नो प्रशासनका प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् ।
