इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाबाट फर्किने क्रममा डब्लुबी ०२ एपी ३४५८ नम्बरको भारतीय कार अनियन्त्रित भई खोलामा खसेको हो। दुर्घटनामा कार चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको साथबाट बरामद भएको राहदानीका आधारमा उनको पहिचान भारतको पश्चिम बंगालअन्तर्गत कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन गायेनका रूपमा खुलेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रारम्भिक अनुसन्धानमा दुर्घटनाका बेला कारमा चालक मात्र सवार रहेको पाइएको छ।
दुर्घटना हुनुको वास्तविक कारण भने खुल्न बाँकी रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
