सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान आईजीपी कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको थियो।
सरकारको उक्त निर्णयबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले भने, ‘उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला।’
यसैबीच, एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग मंगलबार सौहार्दपूर्ण कुराकानी भएको जानकारी दिएका छन्।
थापासँगको भेटवार्ताबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले राजनीतिक विषयमा छलफल भएको बताए।
उनले भने, ‘गगनकुमार थापासँग राम्रो कुराकानी भयो, राजनीतिक कुराहरू भए।’
