• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

तिहारमा भाइमसलाको मूल्य दोब्बर, पिस्ता प्रतिकिलो ४ हजार रुपैयाँभन्दा माथि

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
तिहारमा भाइमसलाको मूल्य दोब्बर, पिस्ता प्रतिकिलो ४ हजार रुपैयाँभन्दा माथि
0
SHARES
0
VIEWS

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको छ। काठमाडौं उपत्यकाका न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, लगनखेल र थिमिलगायत प्रमुख व्यापारिक क्षेत्रमा तिहारका सामग्री खरिद गर्ने ग्राहकको भीड देखिन थालेको छ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएर मखमली माला र भाइमसला उपहार दिने चलन छ। यही परम्पराका कारण काजु, बदाम, ओखर, किसमिस, नरिवल, पिस्ता, छोकडा, मखना र अन्जिरजस्ता सुक्खा फलफूलको माग यस समयमा उल्लेख्य रूपमा बढ्ने गर्छ।

तर, यस वर्ष तिहारको किनमेल गर्न बजार पुगेका उपभोक्ताले भाइमसलाको मूल्य अत्यधिक बढेको पाएका छन्। केही वस्तुको मूल्य गत वर्षको तुलनामा दोब्बर पुगेको छ भने अधिकांश सुक्खा फलफूल महँगिएका छन्।

पिस्ताको मूल्य दोब्बर, बदाम र ओखर पनि महँगिए

यस वर्ष भाइमसलामध्ये सबैभन्दा बढी पिस्ताको मूल्य बढेको छ। नयाँ बानेश्वरस्थित मसला भण्डारका सञ्चालक बच्चन साहका अनुसार गत वर्ष प्रतिकिलो २ हजार रुपैयाँमा बिक्री भएको पिस्ताको मूल्य अहिले बढेर ४ हजार रुपैयाँभन्दा माथि पुगेको छ।

त्यस्तै, गत वर्ष प्रतिकिलो १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँ पर्ने बदामको मूल्य अहिले १ हजार ८ सय रुपैयाँ पुगेको छ। प्रतिकिलो ५ सय रुपैयाँमा पाइने ओखरका लागि अहिले ६ सयदेखि ६ सय ५० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ।

सुकुमेलको मूल्य पनि बढेको छ। गत वर्ष प्रतिकिलो ७ हजार रुपैयाँ रहेको सुकुमेल यस वर्ष ८ हजार रुपैयाँसम्म पुगेको व्यापारी साहले जानकारी दिए।

बजारमा अहिले काजुको मूल्य प्रतिकिलो २ हजारदेखि २ हजार २ सय रुपैयाँसम्म छ। मखनाको मूल्य २ हजार रुपैयाँ, नरिवलको १ हजार रुपैयाँ र किसमिसको ५ सयदेखि ६ सय रुपैयाँसम्म रहेको छ।

उपभोक्ताले आफ्नो आर्थिक क्षमताअनुसार खुला वा प्याकेटमा राखिएका भाइमसला खरिद गरिरहेका छन्। तर, मूल्यवृद्धिका कारण यस वर्ष तिहारको किनमेल खर्चिलो बनेको छ।

आयातमा अवरोध र अन्तर्राष्ट्रिय बजारको प्रभाव

व्यापारीहरूका अनुसार भाइमसलाको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारको महँगी, आयात मार्गमा देखिएको अवरोध र भन्सार प्रक्रियामा हुने ढिलाइ मुख्य कारण हुन्।

चीनबाट सामान आयात गर्न कठिनाइ भएपछि व्यापारीहरू भारतीय बजारमा निर्भर हुनुपरेको छ। मसला भण्डारका सञ्चालक साहका अनुसार अहिले भारतको दिल्लीस्थित खारी बावली बजारबाट सामान ल्याउनुपर्ने अवस्था छ।

अन्तर्राष्ट्रिय बजारमा युद्धलगायतका कारणले मूल्य बढिरहेको र चीनतर्फको आपूर्ति प्रभावित हुँदा नेपालमा पनि भाइमसलाको लागत बढेको उनको भनाइ छ।

थोक बजारमै सामान महँगो भएपछि खुद्रा व्यापारीले पनि उपभोक्तालाई सस्तोमा बिक्री गर्न नसकेको बताउँदै आएका छन्।

नेपाल खुद्रा व्यापार संघले थोक व्यापारीले काजु, बदामलगायतका सुक्खा फलफूलको वास्तविक मूल्य र बिल उपलब्ध नगराउने गरेको आरोप लगाउँदै आएको छ। थोक बजारबाटै महँगोमा सामान खरिद गर्नुपरेकाले उपभोक्तालाई कम मूल्यमा बिक्री गर्न कठिन भएको खुद्रा व्यापारीहरूको दाबी छ।

भाइमसलाको मूल्य बढ्दा पनि बजार अनुगमनमा ढिलाइ

बजार मूल्य नियन्त्रण र उपभोक्ताको हित संरक्षण गर्ने जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने तिहारका लागि बिक्री भइरहेका भाइमसलाको मूल्यबारे अहिलेसम्म अनुगमन गरेको छैन।

चीनबाट सामान आउन नसकेको र भारतमै मूल्य बढेको कारण देखाउँदै केही व्यापारीले मनपरी मूल्य असुलिरहेको उपभोक्ताको गुनासो छ। तर, नियामक निकायले यस विषयमा समयमै चासो नदिएको देखिन्छ।

विभागका सूचना अधिकारी अनिल किराँतीले अहिले विभागको प्राथमिकतामा खानेतेल र मिठाईको बजार अनुगमन रहेको बताए।

भाइमसलाको मूल्यवृद्धिबारे सोधिएको प्रश्नमा उनले सुक्खा फलफूलको मूल्यबारे अनुगमन नगरिएको स्वीकार गरे। उनका अनुसार बिहीबारदेखि अनुगमन टोलीलाई यस क्षेत्रमा पनि परिचालन गर्ने तयारी छ।

हरेक वर्ष चाडपर्वको समयमा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारीको गुनासो आउने गरे पनि प्रभावकारी अनुगमन र कारबाही नहुँदा उपभोक्ता महँगो मूल्य तिर्न बाध्य हुँदै आएका छन्। यस वर्ष पनि विभागले अनुगमन गर्ने तयारी गर्दासम्म धेरै उपभोक्ताले महँगो मूल्यमा तिहारको किनमेल गरिसकेका छन्।

असोजमा मात्रै ९१ करोडभन्दा बढीको भाइमसला आयात

बजारमा भाइमसलाको मूल्य बढिरहेको बेला भन्सार विभागको तथ्यांकले भने तिहार र दसैंलाई लक्षित गरी असोज महिनामा ठूलो परिमाणमा सुक्खा फलफूल नेपाल भित्रिएको देखाएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को भन्सार तथ्यांकअनुसार असोज महिनामा मात्रै ९१ करोड ८५ लाख ५२ हजार रुपैयाँ बराबरको ५६ लाख ७२ हजार ९ सय २१ किलो भाइमसला आयात भएको छ।

चीन, अमेरिका, भारत र भियतनामलगायत मुलुकबाट काजु, बदाम, ओखर, नरिवल तथा अन्य सुक्खा फलफूल नेपाल भित्रिएका हुन्।

आयात मूल्यका आधारमा असोजमा सबैभन्दा धेरै रकम ओखर खरिदमा बाहिरिएको छ। उक्त महिनामा बोक्रासहित र बोक्रा हटाइएको गरी कुल ८ लाख ५७ हजार ७ सय ६८ किलो ओखर आयात भएको छ। यसका लागि ३५ करोड ५० लाख ३२ हजार रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्यांक छ।

ओखरमध्ये ७ लाख ३८ हजार ५ सय किलो चीनबाट र १ लाख १९ हजार किलो अमेरिकाबाट आयात भएको छ।

परिमाणका आधारमा भने सबैभन्दा धेरै नरिवल नेपाल भित्रिएको छ। असोजमा ४४ लाख ६७ हजार २ सय ६५ किलो नरिवल आयात भएको छ, जसको मूल्य २४ करोड ४ लाख १० हजार रुपैयाँ रहेको छ। नेपालमा आउने नरिवलको झन्डै शतप्रतिशत हिस्सा भारतबाट आयात हुने गरेको तथ्यांकले देखाउँछ।

त्यस्तै, तिहारमा बढी खपत हुने काजु पनि ठूलो परिमाणमा आयात भएको छ। असोज महिनामा २० करोड ५८ लाख ८५ हजार रुपैयाँ बराबरको २ लाख १३ हजार १ सय ८९ किलो काजु नेपाल भित्रिएको छ।

काजु आयातमा यसपटक भारतलाई भियतनामले उछिनेको छ। भियतनामबाट १ लाख २० हजार १ सय ३४ किलो काजु आयात हुँदा भारतबाट ९२ हजार ८ सय ५३ किलो मात्रै आएको छ।

यसैगरी, असोजमा ९ करोड ८५ लाख ८३ हजार रुपैयाँ बराबरको १ लाख ५ हजार ५ सय ९८ किलो बदाम आयात भएको छ। त्यसमध्ये १ लाख ४ हजार ४ सय ८७ किलो अमेरिकाबाट आएको हो।

अन्य सुक्खा फलफूलतर्फ भारतबाट १ करोड ७० लाख रुपैयाँ बराबरको २६ हजार ५ सय ३७ किलो अन्जिर आयात भएको छ। त्यस्तै, विभिन्न मुलुकबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको १ हजार ३ सय ८४ किलो पिस्ता नेपाल भित्रिएको छ।

भन्सार विभागको तथ्यांकले चाडपर्वको मुखमा ठूलो परिमाणमा भाइमसला आयात भएको देखाए पनि बजारमा मूल्य भने निरन्तर बढिरहेको छ। एकातिर पर्याप्त आयात भएको तथ्यांक देखिन्छ भने अर्कोतिर व्यापारीले आपूर्ति अवरोध र लागत वृद्धि देखाउँदै उपभोक्ताबाट चर्को मूल्य असुलिरहेको अवस्था छ।

Previous Post

हिउँले कोरला नाका अवरुद्ध, नेपाल भित्रिन १ हजार ७ सय विद्युतीय गाडी प्रतीक्षामा

Next Post

अमेरिका–चीनबीच सैन्य संकट रोक्न नयाँ सञ्चार संयन्त्र, वासिङ्टनमा पहिलो बैठक सम्पन्न

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav