समितिको बिहीबार बसेको बैठकमा सर्वोच्चका न्यायाधीशका लागि प्रस्तावित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेका उजुरी खोलिएको थियो। बैठकमा प्राप्त उजुरीहरू खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ।
उजुरीमा उठाइएका विषय, आरोप तथा प्रश्नबारे अध्ययन गरी प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया अघि बढाइने समितिले जनाएको छ। समितिले उजुरीकर्ताहरूसँग शुक्रबार छलफल गर्ने कार्यतालिका रहेको बताएको छ।
न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि चारजनाको नाम सिफारिस गरेको थियो। संविधानअनुसार सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्नुअघि संसदीय सुनुवाइ गरी समितिबाट नाम अनुमोदन हुनुपर्ने व्यवस्था छ।
