• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

मधेशका आठ जिल्लामध्ये वीरगञ्ज आयुर्वेद अस्पताल उत्कृष्ट, बारा दोस्रो र सिरहा तेस्रो

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
मधेशका आठ जिल्लामध्ये वीरगञ्ज आयुर्वेद अस्पताल उत्कृष्ट, बारा दोस्रो र सिरहा तेस्रो
0
SHARES
0
VIEWS

रौतहट, २० कार्तिक। मधेश प्रदेशका आठवटै जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबीच भएको कार्यसम्पादन मूल्याङ्कनमा पर्साको वीरगञ्जस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय प्रदेशकै उत्कृष्ट घोषित भएको छ।आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रम तथा सेवा प्रवाहको आधारमा गरिएको मूल्याङ्कनमा वीरगञ्जस्थित चिकित्सालयले ८७ अंक प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो।

मूल्याङ्कनको नतिजाअनुसार ६१ अंकसहित बारा दोस्रो र ५१ अंक प्राप्त गर्दै सिरहा तेस्रो स्थानमा रहेका छन्।

यस नतिजाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको क्षेत्रमा वीरगञ्ज अस्पतालले अन्य जिल्लाका स्वास्थ्य संस्थाभन्दा प्रभावकारी कार्यसम्पादन गरेको देखाएको छ।

उत्कृष्ट नतिजासहित प्रदेशमै पहिलो स्थान हासिल गरेपछि प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जका प्रमुख डाक्टर शिवनारायण गुप्ता सम्मानित भएका छन्।

उनलाई मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सचिव डाक्टर प्रमोदकुमार यादवले सम्मान गरेका हुन्।

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालयद्वारा जनकपुरधामस्थित होटल पौवामा आयोजित प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा उक्त नतिजा सार्वजनिक गरिएको थियो।

गोष्ठीमा प्रदेशका विभिन्न स्वास्थ्य संस्थाले आर्थिक वर्षभरि सञ्चालन गरेका कार्यक्रम, सेवा प्रवाहको अवस्था, लक्ष्यअनुसारको प्रगति तथा समग्र कार्यसम्पादनको समीक्षा गरिएको थियो।

आठ जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबीचको प्रतिस्पर्धामा ८७ अंकसहित शीर्ष स्थान हासिल गर्नु वीरगञ्जस्थित चिकित्सालयका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले संस्थाको सेवा व्यवस्थापन, कार्यक्रम कार्यान्वयन र कार्यसम्पादनमा देखिएको सकारात्मक प्रगतिलाई समेत प्रतिबिम्बित गरेको छ।


Previous Post

बारामा कोइला लोड ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

Next Post

प्रस्तावित चारजना न्यायाधीशविरुद्ध १३ वटा उजुरी, आज छलफल गर्दै

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav