काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भूमिकालाई लिएर टिप्पणी गरेका छन्। उनले आगामी चार वर्ष रवि लामिछाने बालेन्द्र शाह (बालेन) का साक्षीका रूपमा रहने दाबी गरेका हुन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै बास्कोटाले निर्वाचनमा जनताले औपचारिक रूपमा प्रधानमन्त्री चयन गर्ने व्यवस्था नभए पनि बालेनलाई नै प्रधानमन्त्रीका रूपमा रोजेको तर्क गरेका छन्।
उनले रवि र बालेनबीचको सम्बन्धलाई पार्टी नेतृत्व र सरकार सञ्चालनको नेतृत्वबीच हुन सक्ने द्वन्द्वसँग जोड्दै विगतमा पनि यस्ता अवस्था देखिएको उल्लेख गरेका छन्।
बास्कोटाले बीपी कोइराला र मातृका कोइरालाको समयदेखि नै पार्टी सत्ता र राज्यसत्ताको नेतृत्वबीच मतभेद देखिँदै आएको दाबी गरेका छन्।
