नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको हो। आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुनको मूल्य १३ हजार ३ सय रुपैयाँले बढेर दुई लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ। आज चाँदी तोलामा १ सय १० रुपैयाँले घटेर तीन हजार ८ सय १० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तीन हजार ९ सय २० रुपैयाँमा किनबेच भएको थियो।
