• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

उत्तरी गोरखाका विकट गाउँमा नुनको मूल्य प्रतिप्याकेट २०० रुपैयाँसम्म

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
उत्तरी गोरखाका विकट गाउँमा नुनको मूल्य प्रतिप्याकेट २०० रुपैयाँसम्म
0
SHARES
0
VIEWS

२० कात्तिक, गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने नुन उत्तरी गोरखाका दुर्गम बस्तीमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्म पर्ने गरेको छ। सडक सुविधा नपुगेका कारण ढुवानी खर्च अत्यधिक हुँदा चुमनुब्री गाउँपालिकाका स्थानीयवासीले नुनलगायत दैनिक उपभोग्य सामग्री महँगो मूल्यमा खरिद गर्न बाध्य भएका छन्।

नेपालमा नुन आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ, न्यू शक्ति नुनको २० रुपैयाँ र भानु नुनको नौ रुपैयाँ निर्धारण गरेको छ। तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको एक प्याकेटका लागि ६० देखि २०० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ। ढुवानीको दूरी र कठिनाइअनुसार गाउँपिच्छे नुनको मूल्य फरक पर्ने गरेको छ।

मनास्लु क्षेत्रको तिब्बती सीमासँग जोडिएका सामागाउँ र साम्दोमा एक प्याकेट आयो नुनको मूल्य २०० रुपैयाँ पुगेको छ। स्थानीय निमा दोर्जेका अनुसार तल्लो क्षेत्रमा ३० रुपैयाँमा पाइने नुन साम्दोसम्म पुर्‍याउँदा ढुवानी खर्च मात्रै १०० रुपैयाँ लाग्छ।

उनका अनुसार पाङसिङबाट साम्दोसम्म एक प्याकेट नुन पुर्‍याउन खच्चडको भाडा १०० रुपैयाँ पर्छ। त्यसअघि आरुघाट र आर्खेटबाट पाङसिङसम्म सामान ल्याउँदाको खर्चसमेत जोडिन्छ। पसलेले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा उपभोक्ताले एक प्याकेट नुनको २०० रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको उनले बताए।

त्यसैगरी, वडा नं. २ को ल्हो गाउँमा एक प्याकेट आयो नुनको मूल्य १५० रुपैयाँ छ। त्यहाँ खाद्यान्न ढुवानी गर्दा प्रतिकिलो ८० रुपैयाँसम्म खर्च हुने गरेको छ।

वडा नं. ५ को बिहीमा भने नुनको मूल्य प्रतिप्याकेट १०० रुपैयाँ रहेको स्थानीय काल्देन छेवाङले जानकारी दिए। उनका अनुसार पाङसिङबाट बिहीसम्म हिउँदमा खच्चडमार्फत सामान ल्याउँदा प्रतिकिलो २५ रुपैयाँ ढुवानी भाडा लाग्छ। तर, वर्षायाममा यही भाडा बढेर प्रतिकिलो ७० रुपैयाँसम्म पुग्ने भएकाले उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने गरेको छ।

वडा नं. ४ को प्रोकमा पनि ढुवानी खर्चअनुसार एक प्याकेट नुनको मूल्य १०० देखि १७० रुपैयाँसम्म पर्ने स्थानीयवासीले बताएका छन्।

चुम उपत्यकाका अन्तिम बस्ती छुले र निलेमा पनि नुनको मूल्य प्रतिप्याकेट १८० देखि २०० रुपैयाँसम्म छ। पाङसिङबाट डेढदेखि दुई दिन पैदल हिँडेर पुगिने यी बस्तीमा खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो ६० रुपैयाँ भाडा लाग्ने गरेको छ।

लामागाउँका पासाङ फुन्जो लामाका अनुसार लामागाउँसम्म प्रतिकिलो ५५ रुपैयाँ र छेकम्पारको छेकम गाउँसम्म ५० रुपैयाँ ढुवानी खर्च लाग्छ। छेकम्पारका विभिन्न बस्तीमा भने एक प्याकेट आयो नुनको मूल्य १५० रुपैयाँ रहेको छ।

यस्तै, वडा नं. ६ को चुम्लिङमा एक प्याकेट नुनको मूल्य १०० रुपैयाँ रहेको स्थानीय गोपाल लामाले बताए। पाङसिङबाट चुम्लिङसम्म खाद्यान्न पुर्‍याउँदा प्रतिकिलो ३० रुपैयाँ ढुवानी खर्च लाग्ने गरेको उनको भनाइ छ।

विकट हिमाली क्षेत्रका नागरिकलाई सहुलियत मूल्यमा नुन उपलब्ध गराउने उद्देश्यले सरकारले ढुवानी अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमको जिम्मेवारी साल्ट ट्रेडिङ कर्पोरेसनले पाएको छ।

कर्पोरेसनको गण्डकी प्रदेश कार्यालयका प्रमुख सागर सेरचनका अनुसार चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाइएको छ। कर्पोरेसनले सिर्दिबाससम्म प्रतिकिलो २८ रुपैयाँका दरले नुन पठाउने गरेको उनले जानकारी दिए। पोखराबाट सिर्दिबाससम्म नुन ढुवानी गर्ने ठेकेदारलाई सरकारले ढुवानी खर्च उपलब्ध गराउने व्यवस्था रहेको उनको भनाइ छ।

तर, सरकारी अनुदानमा आएको नुन उत्तरी गोरखाका सबै दुर्गम बस्तीमा पुग्न सकेको छैन। चुमनुब्री गाउँपालिका–७ छेकम्पारका पासाङ फुन्जो लामाका अनुसार अनुदानमा उपलब्ध नुन मुख्यतः सिर्दिबास क्षेत्रमा नै खपत हुने गरेको छ।

उनले सरकारले जगतसम्म नुन पुर्‍याउन मात्रै ढुवानी अनुदान उपलब्ध गराउने गरेको बताए। जगतबाट सामागाउँ र साम्दो पुग्न थप चार दिन तथा छेकम्पार पुग्न तीन दिन लाग्ने भएकाले त्यसभन्दा माथिका बस्तीका बासिन्दाले महँगो खच्चड ढुवानी खर्च आफैँ बेहोर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

उत्तरी गोरखाको सडक पहुँच विस्तारमा पनि अपेक्षित प्रगति हुन सकेको छैन। नेपाली सेनाले गाउँपालिकाको केन्द्र फिलिमभन्दा माथि पेवासम्म सडकको ट्र्याक खोलेको छ। यद्यपि, मोटर भने पाङसिङसम्म मात्रै पुगेको छ।

बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत हावाडाँडादेखि चीनको सीमामा पर्ने लार्के भञ्ज्याङसम्म सडकको ट्र्याक निर्माण गर्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ। तर, बजेट अभाव र स्रोत सुनिश्चितताको समस्याले निर्माण कार्यले गति लिन सकेको छैन।

यसको प्रत्यक्ष असर चुमनुब्रीका बासिन्दाले भोगिरहेका छन्। गाउँपालिका–३ सिर्दिबासबाहेक अन्य छवटा वडा अझै सडक सञ्जालबाट वञ्चित छन्।

मोटर पुगेको गाउँपालिकाको केन्द्र फिलिम र आसपासका क्षेत्रमा समेत नुनको मूल्य सरकारी निर्धारित दरभन्दा बढी छ। स्थानीय कुमारी गुरुङका अनुसार बजारमा प्रतिप्याकेट ३० रुपैयाँ पर्ने आयो नुन फिलिममा ६० रुपैयाँमा बिक्री भइरहेको छ। आर्खेटबाट फिलिमसम्म सामान ल्याउँदा लाग्ने ढुवानी खर्चका कारण मूल्य बढेको उनले बताइन्।

यता, पाङसिङभन्दा माथिका बस्तीमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने मुख्य साधन खच्चड नै हो। सामागाउँका व्यवसायी वीरबहादुर लामाका अनुसार मनास्लु क्षेत्रका अन्तिम बस्ती सामागाउँ र साम्दोसम्म सामान पुर्‍याउन प्रतिकिलो १०० रुपैयाँ ढुवानी खर्च लाग्छ। तीन दिनको पैदल यात्रापछि मात्रै पुगिने ती बस्तीमा ढुवानी खर्चकै कारण दैनिक उपभोग्य वस्तु महँगो हुने गरेको उनले बताए।

Previous Post

कृष्णनगरका २६१ परिवारले पाए गाउँब्लक जग्गाको लालपुर्जा

Next Post

कालीगण्डकी करिडोरको राक्सेमा सुक्खा पहिरो, सडक अवरुद्ध

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav