२० कात्तिक, काठमाडौं । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडकखण्डको कालीगण्डकी–२ स्थित राक्सेमा गएराति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
पहिरो खसेसँगै उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ। अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन उपकरणको सहायताले पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको कार्यालयले जानकारी दिएको छ।
