सडक अवरुद्ध भएको सूचना प्राप्त भएपछि प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार कालीगण्डकी गाउँपालिका र प्रहरीबीच समन्वय गरेर सडकमा थुप्रिएको पहिरो हटाउने तयारी भइरहेको छ।
सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी र पोखरातर्फ आवतजावत गर्ने सवारीसाधन तथा यात्रु बाटोमै रोकिएका छन्।
सडक माथिबाट चट्टानसहितको पहिरो खस्ने क्रम जारी रहेकाले अवरोध हटाउन केही समय लाग्न सक्ने प्रहरीले जनाएको छ। पहिरो हटाउने काम सम्पन्न नभएसम्म उक्त सडकखण्डमा यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको छ।
