जिल्ला अस्पताल हुम्लाकी अनमी सरिता बोहराका अनुसार आमा र शिशुको ज्यान जोखिममा पर्न सक्ने अवस्था देखिएपछि विभिन्न निकायसँग समन्वय गरेर हेलिकप्टरको व्यवस्था गरिएको थियो।
सुत्केरी व्यथा लागेकी लामालाई आवश्यक उपचारका लागि रगतको अभाव भएपछि जिल्ला अस्पतालमा उपचार सम्भव नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए। त्यसपछि उनलाई जिल्ला बाहिर रेफर गरिएको थियो।
लामाको उद्धारमा प्रयोग गरिएको नेपाली सेनाको हेलिकप्टरको खर्च संघीय सरकारअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गर्दै आएको राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत व्यहोर्ने व्यवस्था रहेको छ।
