• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

मङ्सिर ४ देखि काठमाडौंमा आठौँ अन्तर्राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी हुने

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
मङ्सिर ४ देखि काठमाडौंमा आठौँ अन्तर्राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी हुने
0
SHARES
1
VIEWS

नेपालमा कृषि यान्त्रिकीकरणको विस्तार तथा आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिरमा आठौँ अन्तर्राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी २०८३ आयोजना हुने भएको छ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघका अनुसार प्रदर्शनी मङ्सिर ४, ५ र ६ गते काठमाडौंस्थित भृकुटीमण्डपमा सञ्चालन हुनेछ। तीन दिनसम्म चल्ने प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ। ‘कृषिमा यन्त्र र प्रविधि, कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आयोजना हुन लागेको मेलामा ७० भन्दा बढी प्रदर्शनीकर्ता र १५० भन्दा बढी स्टल रहनेछन्।

संघका अध्यक्ष कृष्ण शर्माका अनुसार प्रदर्शनीमा २० भन्दा बढी देशका दुई हजारभन्दा बढी आधुनिक कृषि प्रविधि, मेसिनरी तथा उपकरण प्रदर्शन गरिनेछ। सर्वसाधारणका लागि प्रदर्शनीमा प्रवेश निःशुल्क रहने व्यवस्था गरिएको छ।

स्वदेशी कृषि उपकरण तथा प्रविधि उत्पादनलाई प्रोत्साहन गर्न नेपाली उत्पादक कम्पनी र संस्थाका लागि ३० भन्दा बढी स्टल निःशुल्क उपलब्ध गराइने भएको छ। त्यस्तै, ‘मेड इन नेपाल’ र ‘मेक इन नेपाल’ अभियानअन्तर्गत सहभागी हुने स्वदेशी कम्पनीलाई स्टल भाडामा ६० प्रतिशत छुट दिइनेछ। नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यले ५० प्रतिशत र अन्य नेपाली कम्पनीले २५ प्रतिशत छुट पाउने अध्यक्ष शर्माले जानकारी दिए।

प्रदर्शनीमा आधुनिक खेती प्रणाली, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी उत्पादन, सिँचाइ, बाली भित्र्याएपछिको व्यवस्थापन, कृषि उपज प्रशोधन, शीतभण्डारण तथा बजारीकरणसम्बन्धी प्रविधि र उपकरण राखिनेछन्। यसका साथै उन्नत बीउबिजन तथा कृषि र पशुपन्छीसम्बन्धी सेवा प्रदान गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादक एवं विक्रेताहरूको समेत सहभागिता रहनेछ।

प्रदर्शनीको मुख्य आयोजकमा नेपाल सरकारअन्तर्गत कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ रहेका छन्। त्यसैगरी, बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी तथा वन मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) सहआयोजकका रूपमा रहनेछन्।

प्रदर्शनीका क्रममा स्वदेशी तथा विदेशी कृषि विज्ञहरूको सहभागितामा कृषि यान्त्रिकीकरणसम्बन्धी प्यानल छलफल, नीतिगत संवाद तथा विभिन्न अतिरिक्त कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघको मेला समितिका सभापति सविन श्रेष्ठले कृषि क्षेत्रको विकास र मुलुकलाई उत्पादनमा आत्मनिर्भर बनाउन यान्त्रिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

कृषि मेलाले किसानलाई आधुनिक कृषि उपकरण र प्रविधिबारे जानकारी गराउनुका साथै कृषि क्षेत्रसम्बन्धी ज्ञान, चेतना र साक्षरता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नेपालमा कृषि क्रान्ति र आत्मनिर्भरताबारे चर्चा भइरहे पनि कृषि क्षेत्रको समग्र विकासका लागि सुरुदेखि नै पर्याप्त प्रयास हुन नसकेको श्रेष्ठले बताए। सरकारले विभिन्न पहल गरिरहेको भए पनि कृषिलाई कसरी व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा अझै व्यापक काम गर्न आवश्यक रहेको उनले उल्लेख गरे।

नेपाल कृषि मेसिनरी व्यवसायी संस्थाले कृषि मेला आयोजना गरेर किसानलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास गरेको भन्दै श्रेष्ठले आयोजकप्रति आभार व्यक्त गरे। यस्ता कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने उनको धारणा छ।

उनले कृषि यान्त्रिकीकरणको विकास र विस्तारमा नेपालको बजारको अवस्था तथा मुलुकको आफ्नै उत्पादन क्षमता पनि महत्त्वपूर्ण हुने बताए। कृषि क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन यस्ता प्रयासलाई थप सशक्त रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

Previous Post

रणवीर कपूरको ‘रामायण’ले पहिलो दिन कमायो ७७ करोड ५० लाख भारु, ‘आदिपुरुष’को रेकर्ड तोड्न असफल

Next Post

‘राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेस बालेन सरकारसँग डराउँदैन’ : डिला संग्रौला

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav