• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विनोद चौधरीको योग्यतासम्बन्धी विवादमा सर्वोच्चले मगायो निर्वाचन आयोगको सक्कल मिसिल

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पदको योग्यतासम्बन्धी मुद्दा फेरि सर्‍यो
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा उद्योगपति विनोद चौधरीको पार्टी केन्द्रीय सदस्य पदको योग्यतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग सक्कल मिसिल माग गरेको छ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखा (अभियान फाँट ४ ‘ख’) ले निर्वाचन आयोगलाई पत्र पठाउँदै २०७८ माघ १८ गते आयोगले गरेको निर्णय र त्यससँग सम्बन्धित सम्पूर्ण सक्कल कागजात अदालतमा पेस गर्न निर्देशन दिएको हो।

शाखा अधिकृत श्रीकृष्ण गौतमको हस्ताक्षर रहेको पत्रमा डा. सुभाषचन्द्र यादव निवेदक र निर्वाचन आयोग विपक्षी रहेको उत्प्रेषणसम्बन्धी रिटमा सुनुवाइ हुनुअघि नै सक्कल मिसिल उपलब्ध गराउन भनिएको छ। सर्वोच्चले यस मुद्दाको अर्को पेशी मङ्सिर १० गतेका लागि तोकेको छ।

चौधरी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मधेसी कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। तर, पार्टी विधानले केन्द्रीय सदस्यको उम्मेदवार बन्न कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेको हुनुपर्ने व्यवस्था गरेको दाबी गर्दै उनका निकटतम प्रतिस्पर्धी डा. यादवले उम्मेदवारीको वैधतामाथि प्रश्न उठाएका थिए।

यादवले चौधरीको उम्मेदवारी र निर्वाचित पद बदर गर्न माग गर्दै सुरुमा कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए। त्यहाँबाट अपेक्षित निर्णय नभएपछि उनले निर्वाचन आयोगमा समेत उजुरी दिएका थिए।

तर, निर्वाचन आयोगले २०७८ माघ १८ गते निर्णय गर्दै यादवको मागअनुसार कारबाही गर्न अस्वीकार गरेको थियो। आयोगको उक्त निर्णय चित्त नबुझेपछि यादवले आयोग र कांग्रेसको केन्द्रीय कार्यालयलाई विपक्षी बनाएर २०७८ फागुन ३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

लामो समयदेखि विचाराधीन रहेको विवादमा सर्वोच्चले निर्वाचन आयोगको सक्कल निर्णय तथा सम्बन्धित कागजात मगाएपछि मुद्दा पुनः चर्चामा आएको छ। अदालतले मिसिल अध्ययन गरेपछि यस विषयमा थप सुनुवाइ अघि बढाउनेछ।

 

Previous Post

प्रचण्डको दाबी : गगन थापालाई पक्राउ गर्ने सामर्थ्य कसैसँग छैन

Next Post

बादलको आरोप : पश्चिमा शक्तिको स्वार्थ पूरा नभए बालेन सरकार पनि ढल्न सक्छ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav