• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

काठमाडौं महानगरले तोक्यो स्वदेशी फूलमाला बिक्रीका लागि ३३ स्थान, बजारमा बढ्यो चहलपहल

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
काठमाडौं महानगरले तोक्यो स्वदेशी फूलमाला बिक्रीका लागि ३३ स्थान, बजारमा बढ्यो चहलपहल
0
SHARES
4
VIEWS

काठमाडौं, २२ कात्तिक । प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा प्रतिबन्ध लगाएको काठमाडौं महानगरपालिकाले स्वदेशी फूलमाला बिक्री वितरणका लागि उपत्यकाभित्र ३३ वटा स्थान निर्धारण गरेको छ। महानगरले तोकेका बिक्री केन्द्रहरूमा तिहारलाई लक्षित गर्दै फूलमाला किन्ने र बेच्ने सर्वसाधारणको चहलपहल बढेको छ।

महानगरपालिकाले स्वदेशी किसानले उत्पादन गरेका फूल तथा मालालाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा खरिद गर्ने वातावरण बनाउने उद्देश्यले बिक्रीस्थल तोकेको हो।

महानगरका अनुसार नयाँ बानेश्वरस्थित एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फिनिक्स टावर, तीनकुने चौर र सिफल चौरमा फूलमाला बिक्री गर्न सकिनेछ।

त्यस्तै, चाबहिल क्षेत्रका एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएल टावर अगाडिको क्षेत्रलाई पनि बिक्री केन्द्रका रूपमा निर्धारण गरिएको छ।

अन्य बिक्रीस्थलमा कमलादीको आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजास्थित बज्र कम्प्लेक्स (गुड मार्ट), स्वयम्भूको धर्मचक्र पार्क र कलंकीको भाटभटेनी रहेका छन्।

यसैगरी नयाँ बजारको भ्याली कोल्ड स्टोर तथा माछापोखरीको बुद्ध मल र गुणस्तर खाल्डोलाई पनि स्वदेशी फूलमाला बिक्री गर्ने स्थानका रूपमा तोकिएको छ।

महानगरले कालिमाटी ब्याङ्क्वेट र चौखेल, हाँडीगाउँको वडा नम्बर ५ कार्यालयअगाडिको डबली तथा गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पल कारखाना र बालुवाटारको बिग मार्टमा समेत बिक्रीको व्यवस्था मिलाएको छ।

त्यसैगरी टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई पनि स्वदेशी फूलमाला बिक्री केन्द्रका रूपमा निर्धारण गरिएको महानगरपालिकाले जनाएको छ।

नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाले उचित बजार पाऊन् र उपभोक्ताले सहज रूपमा स्वदेशी उत्पादन खरिद गर्न सकून् भन्ने उद्देश्यले महानगरपालिकाले वातावरण विभागसँगको समन्वयमा यी स्थानहरू तोकेको हो।

यसैबीच, काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलले सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री नगर्न आग्रह गरेको छ। सूचनाको उल्लंघन गर्दै प्लास्टिकजन्य वा गुणस्तर मापदण्ड पूरा नगरेका फूल, माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा ती सामग्री जफत गरिने महानगरले चेतावनी दिएको छ।

Previous Post

तिहारको दोस्रो दिन आज कुकुर पूजा, फूलमाला र टीका लगाएर गरिँदैछ सम्मान

Next Post

पक्की पुल नहुँदा ५ मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता, विकासको प्रतीक्षामा भरवालिया गाउँ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav