• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पक्की पुल नहुँदा ५ मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता, विकासको प्रतीक्षामा भरवालिया गाउँ

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
पक्की पुल नहुँदा ५ मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता, विकासको प्रतीक्षामा भरवालिया गाउँ
0
SHARES
3
VIEWS

रूपन्देही । रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरवालिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभूत पूर्वाधार र सेवा सुविधाको अभाव झेलिरहेका छन्। तिनाउ–दानव नदीमा पक्की पुल नहुँदा नजिकैको बस्तीमा पुग्नसमेत स्थानीयले लामो दूरी पार गर्नुपर्ने बाध्यता छ। पाँच मिनेटमै नदी पार गर्न सकिने दूरी तय गर्न सवारीसाधनबाट ५० देखि ५५ किलोमिटरसम्म घुम्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।

पक्की पुल र व्यवस्थित सडक नहुँदा नदीको वारि र पारि बसोबास गर्ने नागरिकलाई दैनिक आवतजावतमा कठिनाइ भइरहेको छ। यसको प्रत्यक्ष असर खेतीपाती, कृषि उपजको ओसारपसार तथा स्थानीयको दैनिकीमा परेको छ। गाउँमा सडक, खानेपानी, विद्युत्, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाको पहुँचसमेत सहज हुन नसकेको स्थानीयको गुनासो छ।

स्थानीय जमेरून निशा, जेलिल देवान, नुरूद होदा मुसलमान र बेचन हरिजनले वर्षौंदेखि समस्या भोग्दै आए पनि समाधानका लागि सम्बन्धित निकायबाट पर्याप्त पहल हुन नसकेको बताए। उनीहरूका अनुसार गाउँमा सहज सडक सञ्जाल छैन। शिक्षा र स्वास्थ्य सेवा लिनसमेत स्थानीयले अनेक कठिनाइ सामना गर्नुपरेको छ।

स्थानीयका अनुसार विसं २०३२ मा आएको बाढीले बस्तीलाई नदीको वारि र पारि छुट्याएको थियो। बाढीका कारण पुरानो बस्ती विस्थापित भएपछि गाउँलाई पहिलेको स्थानबाट करिब एक किलोमिटर टाढा सारिएको थियो। त्यसयता पनि प्राकृतिक विपत्तिको जोखिम र पूर्वाधार अभावका कारण स्थानीयको जीवन सहज बन्न सकेको छैन।

त्यसैगरी, विसं २०६० मा तत्कालीन वडा नम्बर ५ अन्तर्गतको मंगलपुर गाउँमा भएको आगलागीमा पाँच जनाको ज्यान गएको थियो। आगलागीबाट ठूलो भौतिक क्षतिसमेत भएको स्थानीयले स्मरण गरेका छन्। विपत्तिका बेला उद्धार र उपचारको पर्याप्त व्यवस्था नहुँदा थप पीडा भोग्नुपरेको उनीहरूको भनाइ छ। त्यसपछि पनि आफ्नो अवस्थाबारे बुझ्न र समस्या समाधान गर्न सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ।

खेतमा बदाम खन्दै गरेका स्थानीय राजेन्द्र गुप्ताले गाउँलेले वर्षौंदेखि आधारभूत सुविधाकै लागि संघर्ष गर्नुपरेको बताए। उनका अनुसार सिधा सडक नहुँदा नदीपारिको खेतबारीमा पुग्नसमेत लामो बाटो घुम्नुपर्ने अवस्था छ। स्थानीयका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने निकायको अभाव रहेको उनको गुनासो छ।

तिनाउ–दानव नदीमा एउटा झोलुङ्गे पुल निर्माण गरिएको भए पनि त्यसबाट सवारीसाधन आवतजावत गर्न सकिँदैन। फलस्वरूप नदीको अर्को किनारमा रहेका खेतबारीमा पुग्न किसानलाई कठिनाइ हुने गरेको छ। खेती लगाउने, बालीको स्याहार गर्ने र उत्पादन भित्र्याउने समयमा अतिरिक्त समय, श्रम र खर्च गर्नुपर्ने बाध्यता रहेको किसानहरू बताउँछन्। बीउबिजन, सिँचाइका सामग्री र अन्य कृषि उपकरण ओसारपसार गर्नसमेत समस्या हुने गरेको छ।

पक्की पुल बने ५० हजार मानिस लाभान्वित हुने दाबी

स्थानीय अगुवा वाजिद अली देवानले भरवालिया गाउँको आवागमन सहज बनाउन सडक निर्माण र पुल स्थापनाका लागि निरन्तर पहल गर्दै आएको बताए। उनका अनुसार तिनाउ–दानव नदीमा पक्की पुल निर्माण गर्न सके भरवालियासहित बुद्ध जन्मस्थल लुम्बिनी आसपासका क्षेत्रका करिब ५० हजार मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित हुन सक्छन्।

देवानले एउटा पक्की पुल र सिधा सडक निर्माण भए स्थानीयका धेरै समस्या समाधान हुने बताए। यसबाट किसानलाई खेतबारीसम्म पुग्न, कृषि उत्पादन बजार पुर्‍याउन तथा बिरामीलाई अस्पताल लैजान सहज हुने उनको भनाइ छ।

उनका अनुसार पुलको अभावले स्थानीयको समय र खर्च मात्र बढाएको छैन, शिक्षा, स्वास्थ्य, कृषि तथा आर्थिक गतिविधिमा समेत नकारात्मक प्रभाव पारेको छ। सडक सञ्जालको सहज पहुँच नहुँदा गाउँको समग्र विकाससमेत प्रभावित भएको उनले बताए।

उक्त वडाको जनसंख्या करिब ६ हजार ५०० रहेको छ भने सम्मरीमाई गाउँपालिकाको कुल जनसंख्या करिब ४३ हजार छ। देवानले गाउँको वास्तविक अवस्था र स्थानीयले भोगिरहेका समस्याबारे वर्तमान सरकार, पूर्वाधारमन्त्री सुनिल लम्साल तथा यस क्षेत्रका संघीय सांसद कन्हैया वनिया र तैफिक अहमदलाई भेटेरै जानकारी गराएको बताए। यो क्षेत्र रूपन्देही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्छ।

चुनावी आश्वासनमै सीमित विकास

स्थानीय बासिन्दाले निर्वाचनका बेला राजनीतिक दलका नेता तथा कार्यकर्ता गाउँमा पुगेर विकास निर्माणका आश्वासन दिने गरे पनि ती प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन्। विभिन्न राजनीतिक नेतृत्व महत्त्वपूर्ण पदमा पुगे पनि गाउँको सडक, पुल र आधारभूत सेवासम्बन्धी समस्या ज्यूँका त्यूँ रहेको उनीहरूको भनाइ छ।

मर्चवार क्षेत्रका विभिन्न बस्तीमा पूर्वाधार विकासको आवश्यकता रहेको उल्लेख गर्दै स्थानीयले भरवालियाको समस्यालाई प्राथमिकतामा राख्न माग गरेका छन्। विशेषगरी तिनाउ–दानव नदीमा पक्की पुल निर्माण, सडक स्तरोन्नति तथा शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

गाउँका अधिकांश बासिन्दाको मुख्य पेसा खेतीकिसानी र मजदुरी हो। तर सडक तथा पुलको अभावले कृषि उत्पादनको ढुवानीदेखि दैनिक कामकाजसम्म प्रभावित भइरहेको छ।

स्थानीय नन्दलाल हरिजनका अनुसार पक्की पुल निर्माण हुनु भनेको नदी वारपार गर्ने सुविधा थपिनु मात्र होइन, वर्षौंदेखि भोग्दै आएको कठिनाइबाट मुक्ति पाउनु पनि हो। पुल बनेमा किसानलाई खेतबारीमा पुग्न, बालबालिकालाई विद्यालय जान, बिरामीलाई अस्पताल पुर्‍याउन र सर्वसाधारणलाई दैनिक कामकाज गर्न सहज हुने उनको भनाइ छ।

वर्षौंदेखि आधारभूत पूर्वाधार र विकासको प्रतीक्षामा रहेका भरवालियाका बासिन्दाले अब आश्वासनभन्दा प्रत्यक्ष कामको अपेक्षा गरेका छन्। स्थानीयको दैनिक जीवनसँग जोडिएका सडक, पुल, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आवश्यक सुविधाको व्यवस्था गर्न सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ।

 

Previous Post

काठमाडौं महानगरले तोक्यो स्वदेशी फूलमाला बिक्रीका लागि ३३ स्थान, बजारमा बढ्यो चहलपहल

Next Post

इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्न बाँकी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav