• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

लक्ष्मीपूजामा १ हजार ७०० मेगावाट विद्युत् माग हुने अनुमान, आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
लक्ष्मीपूजामा १ हजार ७०० मेगावाट विद्युत् माग हुने अनुमान, आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी
0
SHARES
3
VIEWS

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको लक्ष्मीपूजाका दिन विद्युत्को उच्चतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ। बढ्दो मागलाई ध्यानमा राख्दै प्राधिकरणले देशभर विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन विशेष व्यवस्थापन गरेको जनाएको छ।

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको साँझ विद्युत् खपत उच्च हुने भए पनि उक्त माग आन्तरिक उत्पादनबाटै पूरा गर्न सकिने अवस्था छ।

कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले लक्ष्मीपूजाका बेला विद्युत् प्रणालीमा करिब २ हजार ५०० मेगावाट उत्पादन हुने अनुमान गरिएको जानकारी दिएका छन्। मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा समस्या नआउने उनको भनाइ छ।

कसरी हुँदैछ विद्युत् व्यवस्थापन ?

विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन प्राधिकरणले उत्पादन, प्रसारण र वितरण प्रणालीलाई चौबीसै घण्टा निगरानीमा राख्ने व्यवस्था मिलाएको छ। सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ।

विद्युत् प्रणालीको प्रभावकारी सञ्चालनका लागि प्राधिकरणले उच्चस्तरीय समन्वय र अनुगमनलाई समेत तीव्रता दिएको छ। कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेर पर्वका बेला आउन सक्ने चुनौती र तिनको समाधानबारे छलफल गरिएको छ।

त्यसैगरी प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा विभिन्न प्रदेशका कार्यालय प्रमुखसँग भर्चुअल बैठक गरी आवश्यक जनशक्ति परिचालन र विद्युत् प्रणालीको निगरानीबारे समन्वय गरिएको प्राधिकरणले जनाएको छ।

लक्ष्मीपूजाको साँझ ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र कार्यकारी निर्देशक श्रेष्ठ स्वयं केन्द्रीय कमान्ड सेन्टरमा उपस्थित भएर विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ।

प्रसारण लाइनदेखि वितरण प्रणालीसम्म निगरानी

प्राधिकरणले प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारलाई प्राथमिकता दिएको छ। बाँकी रहेका मर्मतका काम तत्काल पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

कुनै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भए तत्काल समस्या समाधान गर्न प्राविधिक टोली परिचालन गरिनेछ। उपभोक्ताका गुनासो छिटो सम्बोधन गर्न नो लाइट सेवामा आउने फोन नियमित रूपमा उठाउन र प्रभावकारी सेवा दिन कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ।

पर्व अवधिभर विद्युत्को माग र आपूर्तिको अवस्थाबारे एलडीसी, ग्रिड तथा वितरण केन्द्रबीच निरन्तर समन्वय र अनुगमन हुने प्राधिकरणले जनाएको छ।

विद्युत् प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

प्राधिकरणले तिहारका बेला विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग हुने विद्युतीय उपकरण र तारको अवस्था जाँच गर्न तथा गुणस्तरहीन सामग्री प्रयोग नगर्न सुझाव दिइएको छ।

विद्युत् चुहावट वा तारमा कुनै समस्या देखिए आफैँ मर्मत गर्ने प्रयास नगर्न र दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले अनुरोध गरेको छ।

विद्युत् आपूर्तिमा समस्या आए वा कुनै गुनासो भए तत्काल नजिकको वितरण केन्द्र अथवा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न पनि उपभोक्तालाई आग्रह गरिएको छ।

प्राधिकरणले आन्तरिक उत्पादन पर्याप्त रहेकाले लक्ष्मीपूजाका बेला बढ्ने विद्युत् माग सहज रूपमा व्यवस्थापन हुने विश्वास व्यक्त गरेको छ।

Previous Post

जलवायु सङ्कटको ठूलो मारमा नेपाल, कोप–३१ मा न्याय र क्षतिपूर्तिको मुद्दा उठाउने तयारी

Next Post

भोटेकोशी बाढीको विनाशदेखि पुनर्निर्माणसम्मको कथा समेटिएको पुस्तक ‘द सनसाइन फ्लड’ सार्वजनिक

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav