• About
  • Advertise
  • Careers
  • Contact
Sunday, November 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

तिहारको रौनक बढाउँदै नयाँ देउसी–भैलो गीत, मौलिक संस्कृति र परदेशीको पीडा गीतमा समेटिँदै

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
तिहारको रौनक बढाउँदै नयाँ देउसी–भैलो गीत, मौलिक संस्कृति र परदेशीको पीडा गीतमा समेटिँदै
0
SHARES
1
VIEWS

काठमाडौँ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै सांगीतिक बजारमा देउसी–भैलो गीतको चहलपहल बढेको छ। दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, झिलिमिली बत्ती, सयपत्री र मखमली फूल तथा देउसी–भैलोको परम्परालाई समेटेर यस वर्ष पनि थुप्रै नयाँ गीत सार्वजनिक भएका छन्।

यसपटक सार्वजनिक भएका गीतमा परम्परागत देउसी–भैलोको झल्को मात्र नभई आधुनिक सांगीतिक शैली र सामाजिक विषयवस्तुलाई समेत प्राथमिकता दिइएको छ। कतिपय गीतले गाउँघरको मौलिक संस्कृति र चाडपर्वको उल्लासलाई प्रस्तुत गरेका छन् भने केहीले रोजगारीका लागि विदेशिएका नेपाली तथा उनीहरूका परिवारले भोग्नुपरेको विछोडको पीडालाई समेटेका छन्।

नेहर बुढाथोकी र समीक्षा अधिकारीको स्वरमा ‘फेरि पनि आयो तिहार’ बोलको गीत सार्वजनिक भएको छ। रामकान्त न्यौपानेको शब्द रहेको यस गीतको भिडियो निर्देशन मुकेश नेपालले गरेका छन्। भिडियोमा अञ्जली अधिकारी र विक्रम बुढाथोकीले अभिनय गरेका छन्। विशेषगरी विदेशमा रहेका दाजुभाइको सम्झनामा दिदीबहिनीले व्यक्त गर्ने भावनालाई भिडियोमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

त्यसैगरी, वसन्त सापकोटाको शब्द तथा संगीतमा ‘झिलमिली झिलमिली देउसी रे’ सार्वजनिक भएको छ। सविन राई, लुना श्रेष्ठ र गरिमा शर्मालगायत कलाकारको अभिनय रहेको भिडियोमा सामूहिक नाचगानमार्फत परम्परागत देउसी–भैलोको माहोल देखाइएको छ।

जितेन्द्र श्रेष्ठ र मिना डुम्रे पाण्डेको स्वरमा ‘परदेशीको देउसी भैलो’ गीत पनि श्रोतामाझ आएको छ। विदेशमा रहेका नेपालीले चाडपर्वका बेला महसुस गर्ने एक्लोपन र परिवारबाट टाढा हुँदाको पीडालाई गीतले मुख्य विषय बनाएको छ। भिडियोमा अरुणा कार्की, मिन केसीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रशान्त तामाङ र सुमन रानाको स्वर, शब्द तथा संगीतमा तयार भएको ‘देउसी भैलो’ गीतले पनि तिहारको पारिवारिक र सांस्कृतिक पक्षलाई समेटेको छ। भिडियोमा सन्दीप क्षेत्री, प्रशान्त तामाङ र अञ्जली अधिकारीलगायत देखिएका छन्। परदेशिएका दाजुभाइको प्रतीक्षामा रहेका दिदीबहिनीको भावना र देउसी टोलीको आगमनले घरमा ल्याउने खुसीलाई यसमा चित्रण गरिएको छ।

रमेशराज भट्टराई र प्रेमा रानाईको स्वरमा ‘रमाइलो तिहार’ गीत सार्वजनिक भएको छ। रमेशराजकै शब्द तथा संगीत रहेको यस गीतको भिडियो मुकेश नेपालले निर्देशन गरेका हुन्। भिडियोमा रमेशराज भट्टराई र पार्वती श्रेष्ठको अभिनय छ। देउसी खेल्ने समूहको उत्साह, दक्षिणा दिने चलन र आपसी सद्भावलाई गीतमा समेटिएको छ।

नेपाली मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यसहित ‘बिर्ता जेसिज’ले पनि ‘सयपत्री मखमली फुल्यो’ बोलको गीत सार्वजनिक गरेको छ। जुनु प्रसाईं र अभिजित अधिकारीको स्वर रहेको गीतमा दिनेशराज शर्माको शब्द तथा विकास चौधरीको संगीत छ। भिडियोमा जेसिजका सदस्य र स्थानीय कलाकारले सामूहिक रूपमा देउसी खेलेको दृश्य समावेश गरिएको छ।

प्रल्हाद सुवेदीले आफ्नै शब्द, संगीत र निर्देशनमा ‘मोहरको शिर’ बोलको तिहार गीत ल्याएका छन्। वसन्त थापा, प्रल्हाद सुवेदीलगायतको स्वर रहेको गीतको भिडियोमा तेजस रेग्मी र बिनु कार्कीले अभिनय गरेका छन्। गाउँमा रहेका दिदीबहिनीले परदेशिएका दाजुभाइलाई सम्झँदै व्यक्त गर्ने भावना तथा ग्रामीण जीवनशैलीलाई गीतले भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

त्यस्तै, ‘कृष्ण दाइको घरैमा’ बोलको देउसी–भैलो गीतले परम्परागत नेपाली संगीतको स्वाद दिएको छ। मादल र बाँसुरीको तालमा तयार गरिएको यस गीतको भिडियोमा मौलिक नेपाली पहिरनमा सजिएका कलाकार घरघर पुगेर देउसी खेल्दै शुभकामना साटासाट गरेको देखिन्छ। कलाकारहरूको सामूहिक स्वर रहेको गीतले पुरानो देउसी–भैलो संस्कृतिको सम्झना गराउँछ।

राजकुमार पुनको स्वर, शब्द तथा संगीतमा अर्को ‘देउसी भैलो’ गीत पनि सार्वजनिक भएको छ। प्रकाश सुवेदीको टोलीले निर्देशन गरेको भिडियोमा स्थानीय कलाकारले नेपाली मौलिक भेषभूषामा देउसी–भैलो खेलेको दृश्य प्रस्तुत गरेका छन्।

निकेश र अमृता राईको प्रस्तुतिमा ‘आयो है तिहार’ गीत बजारमा आएको छ। मनिका राई, निकेश राईलगायतको स्वर रहेको गीतमा शब्द तथा संगीत निकेश राईकै छ। भिडियोमा दिदीबहिनीले दाजुभाइका लागि माला तयार पारेको र देउसी टोलीले घरघर पुगेर आशीर्वाद तथा शुभकामना दिएको दृश्य समेटिएको छ।

यसैगरी, निकेश र अमृता राईकै अर्को प्रस्तुति ‘तिहारको देउसीमा’ पनि सार्वजनिक भएको छ। सन्तोष केसी र रचना रिमालको स्वर रहेको गीतको भिडियो कान्ति केसीले निर्देशन गरेकी हुन्। भिडियोमा सुधिर श्रेष्ठ र प्रिज्म खतिवडाको अभिनय छ। गीतले पारिवारिक भेटघाट, आत्मीयता र सांस्कृतिक परम्पराको निरन्तरतामा जोड दिएको छ।

हेमराज डाँगी र अञ्जु विश्वकर्माको स्वरमा ‘तिहारै झिलिली’ गीत सार्वजनिक भएको छ। अनिल खनालको शब्द र हेमराज डाँगीको संगीत रहेको गीतको भिडियो दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन्। भिडियोमा लोकेश बिसी र प्रीति गुरुङलगायत कलाकारले अभिनय गरेका छन्। गाउँघरमा खेलिने भैली र तिहारको उल्लासलाई यसमा प्रस्तुत गरिएको छ।

रमेशराज भट्टराईको प्रस्तुतिमा धमेश दुलाल र पवित्रा दंगालको स्वर रहेको ‘तिहारको मेला’ गीत पनि सांगीतिक बजारमा आएको छ। त्यसैगरी, पुरुषोत्तम पौडेल र सुनिता बुढाको स्वर, शब्द तथा संगीतमा ‘झिलमिली तिहार’ सार्वजनिक भएको छ। कान्ति केसी निर्देशित यसको भिडियोमा अस्मिता रानापाल र दिव्या न्यौपाने लगायतले अभिनय गरेका छन्। देउसी टोलीले घरघरमा पुगेर आशीर्वाद दिने र दक्षिणा ग्रहण गर्ने परम्परागत चलनलाई भिडियोमा देखाइएको छ।

यस वर्ष सार्वजनिक भएका गीतमध्ये धेरै कलाकारको सहभागिता रहेको ‘देउसी भैलो चलेको रीति’ पनि चर्चामा छ। लोकदोहोरी क्षेत्रका चर्चित गायक बद्री पंगेनी, राजु परियार र गायिका शिला आलेसँगै एलिना चौहान तथा रीता थापा मगरलगायत कलाकारले यसमा स्वर दिएका छन्। भिडियोमा रीना थापा र विवेक खड्कालगायतको अभिनयमार्फत मौलिक तिहारको वातावरण प्रस्तुत गरिएको छ।

नेपाली संस्कृति, भेषभूषा र गाउँघरको परिवेशलाई समेटेर ‘बालेन सहर’ बोलको देउसी–भैलो गीत पनि सार्वजनिक भएको छ। रेशम चौधरी, सोनु कुश्मी, लक्ष्मी राना र निर्मला देवी बस्नेतको स्वर रहेको यस गीतमा रेशम चौधरीकै शब्द तथा संगीत छ। भिडियोमा रेशम चौधरी, सञ्जु चौधरी, श्याम चौधरी, अनु चौधरी, राजेश चौधरी र सुनिल चौधरीलगायत कलाकारले अभिनय गरेका छन्।

यीबाहेक मिना लामा, टीका सानु र पूजा देवकोटाको ‘तिहार गीत’, पशुपति शर्मा र शान्तिश्री परियारको ‘देउसिरे भन’ तथा पशुपति शर्मा, खुमान अधिकारी, टीका र सम्झनालगायतको स्वरमा ‘देउसी भैलो’ गीत पनि सार्वजनिक भएका छन्।

डिजिटल माध्यमबाट सार्वजनिक भइरहेका यस्ता गीतले नेपाली मौलिक देउसी–भैलो संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग गरेका छन्। साथै, रोजगारी तथा विभिन्न कारणले विदेशमा रहेका नेपालीमाझ समेत तिहारको सांस्कृतिक महत्त्व र पारिवारिक आत्मीयता प्रवाह गर्न यी गीतले भूमिका खेलिरहेका छन्। यसले यस वर्षको तिहारको सांगीतिक रौनकलाई थप बढाएको छ।

Previous Post

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोमा उपस्थित हुन आग्रह

Next Post

साइप्रसको कम्युनिस्ट पार्टी AKEL को सय वर्षे इतिहास : ५ बुँदामा बुझौँ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav