काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफू साइबर ब्युरो जान लागेको जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत करिब एक घण्टापछि साइबर ब्युरो पुग्ने बताएका हुन् । चाडपर्वको बिदाका दिनसमेत प्रहरीबाट ताकेता भएपछि ब्युरो जान लागेको उनले उल्लेख गरेका छन् ।
शिवाकोटीले आजका भेटघाटका कार्यक्रम पनि सम्भव भएसम्म साइबर ब्युरोमै गर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु । आजको सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु । जय नेपाल ।”
