काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजे बारमा आगो लागेको हो।
आगलागी नियन्त्रणमा लिन दुईवटा दमकल घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ।
आगलागी हुँदा बारभित्र कोही पनि नरहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। बारका सञ्चालकलाई घटनास्थलमा बोलाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ।
आगलागीबाट भएको क्षतिको विवरण र आगो लाग्नुको कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताएको छ।
