पटका बिक्री भइरहेको भन्ने सूचनाका आधारमा आइतबार बिहान प्रहरीले माइला जर्नल स्टोर र जागृती सप्लायर्समा गस्ती तथा जाँच गरेको थियो। सोही क्रममा दुवै पसलबाट ठूलो परिमाणमा पटका फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार माइला जर्नल स्टोरबाट मिनी बुलेट १० प्याकेट, किङकोब्रा १५ प्याकेट र थेस मिनी बुलेट १६ प्याकेट बरामद गरिएको छ।
त्यसैगरी, जागृती सप्लायर्सबाट मिनी बुलेट चार प्याकेट, किङकोब्रा ११ प्याकेट र झिरझिरे १३ वटा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पटका बिक्री वितरणमा संलग्न रहेको आरोपमा माइला जर्नल स्टोरका सञ्चालक बारा निवासी २८ वर्षीय कृष्ण शाह र जागृती सप्लायर्सका सञ्चालक गुल्मीको गुल्मीदरबार गाउँपालिका–१ निवासी २१ वर्षीय निशान्त पुनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
