मूल्यवृद्धिसँगै सोमबार छापावाल सुनको कारोबार प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ रहेको थियो।
आइतबारको तुलनामा दुवै बहुमूल्य धातुको मूल्य बढेसँगै सोमबार नेपाली बजारमा सुनचाँदी महँगिएको हो।
