पक्राउ पर्नेमा ३५ वर्षीया कमली बास्के र भारतको बिहार निवासी २७ वर्षीय सुनिल मिश्र रहेका छन्।
प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे ४० वर्षीय बुधराम सोरेनमाथि कमली र मिश्रले मिलेर टाउकोमा रड प्रहार गरेका थिए। गम्भीर चोट लागेका सोरेनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनामा प्रयोग भएको रडसहित मिश्रलाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि फरार रहेकी कमलीलाई सोमबार बिहान खेतमा भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।
