• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

महाधिवेशनमा आर्थिक चलखेलको हल्ला निराधार, अपुष्ट प्रचारको पछि नलाग्न विश्वप्रकाशको आग्रह

रिजन खड्का by रिजन खड्का
२३ कार्तिक, २०८३
A A
महाधिवेशनमा आर्थिक चलखेलको हल्ला निराधार, अपुष्ट प्रचारको पछि नलाग्न विश्वप्रकाशको आग्रह
0
SHARES
5
VIEWS

२३ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा फैलाइएका अपुष्ट दाबीका आधारमा धारणा नबनाउन आग्रह गरेका छन्।

सोमबार नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै बिचौलियाको अभिव्यक्तिकै आधारमा करोडौँ रुपैयाँको आर्थिक कारोबार भएको निष्कर्ष निकाल्नु उचित नहुने बताए।

आफू र गगन थापाले पार्टी नेतृत्व परिवर्तनका लागि करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपको खण्डन गर्दै उनले पटक–पटक सत्तामा पुगेका नेताहरूको राजनीतिक तथा आर्थिक अवस्थासँग आफूहरूको तुलना गर्न आग्रह गरे।

शर्माले महाधिवेशनमा आर्थिक अनियमितता भएको भन्ने प्रचारमा कुनै ठोस आधार नरहेको जिकिर गर्दै सामाजिक सञ्जालमा आएका सबै दाबीलाई सत्य मानेर अघि बढ्न नहुने बताए।

उनले भने, ‘राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिअनुसार नेपाली कांग्रेसलाई नयाँ सोच, ऊर्जा र दिशासहित अघि बढाउनुपर्ने समय आएको छ। अपुष्ट आरोप र हल्लाभन्दा तथ्य, प्रमाण र विवेकलाई प्राथमिकता दिनुपर्छ। अब अध्ययन, मिहिनेत, एकता र योजनाका साथ पार्टी तथा देशको समृद्धिका लागि अघि बढ्नुपर्छ।’

कुनै आपराधिक घटनामा पक्राउ परेको व्यक्तिले कसैको नाम जोडेर अभिव्यक्ति दिँदैमा त्यसलाई अदालत वा कानुनले स्वतः प्रमाणका रूपमा स्वीकार नगर्ने उनको भनाइ थियो। शर्माले सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनाका आधारमा पार्टीभित्र भ्रम सिर्जना नगर्न कार्यकर्तालाई सचेत गराए।

उनले कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया पार्टीको विधि, विधान र स्थापित पद्धतिअनुसार अघि बढेको दाबी गरे। महाधिवेशन प्रतिनिधिहरूको निर्णय कार्यान्वयन भइसकेको उल्लेख गर्दै उनले पार्टीका आन्तरिक निर्णयबारे अनावश्यक विवाद र भ्रम सिर्जना नगर्न आग्रह गरे।

बदलिँदो राष्ट्रिय परिस्थिति र आवश्यकताअनुसार कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिँदै शर्माले पार्टी सङ्गठनलाई थप चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए।

यसै क्रममा उनले काभ्रे कांग्रेसलाई सङ्गठन विस्तार तथा सुदृढीकरणमा केन्द्रित हुन आग्रह गरे। अनुभवी नेतृत्व र युवा पुस्ताबीच सहकार्य बढाउँदै पार्टीलाई गाउँ, टोल र नागरिकको घरदैलोसम्म पुर्‍याउनुपर्ने उनको भनाइ थियो।

कार्यकर्तामा आशा, उत्साह र आत्मविश्वास जगाउन सके मात्रै जनतामाझ पार्टीप्रतिको विश्वास थप बलियो बनाउन सकिने शर्माले बताए।

Previous Post

अर्घाखाँचीको ऐतिहासिक भैरव नाचः नेवार समुदायको आस्था र सांस्कृतिक पहिचानको जीवन्त धरोहर

Next Post

तीन दिनमै पुनर्निर्माण भयो स्याफ्रुबेँसीको बाढीले क्षतिग्रस्त पुल, पुनः सञ्चालनमा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav