प्रचण्ड बिहीबार रुसको राजधानी मस्कोतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनीसँग प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन्।
प्रचण्डको रुस भ्रमणसम्बन्धी थप कार्यक्रम तथा भ्रमणको उद्देश्यबारे भने सचिवालयले विस्तृत जानकारी दिएको छैन।
