श्रीलंकाली क्रिकेटमा घरेलु तथा विभिन्न प्रतियोगितामार्फत आफ्नो क्षमता देखाइसकेका दबारेले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनवटै प्रारूपमा खेलेका छन्।
उनले ५० टी–२० खेलमा एक शतक र पाँच अर्धशतकसहित कुल ९२३ रन बनाएका छन्। यस प्रारूपमा उनको स्ट्राइक रेट १४२.६५ रहेको छ। उनले टी–२० क्रिकेटमा ४७ छक्का र ८६ चौका प्रहार गरेका छन्। बलिङतर्फ पनि योगदान दिएका दबारेले ५० खेलमा २६ विकेट लिएका छन्।
त्यस्तै, ६७ लिस्ट ए खेलमा उनले एक शतक र नौ अर्धशतकको मद्दतमा एक हजार ६७८ रन बनाएका छन्। यस क्रममा उनले ६३ विकेटसमेत हात पारेका छन्।
प्रथम श्रेणी क्रिकेटमा ४९ खेल खेलेका दबारेले दुई हजार २७५ रन बनाउनुका साथै ११ विकेट लिएका छन्।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको अनुबन्धले टोलीको शीर्ष क्रम थप बलियो हुने विश्वास व्यक्त गरे। अनुभवी तथा आक्रामक शैलीमा ब्याटिङ गर्न सक्ने खेलाडी भएकाले उनको उपस्थितिले टोलीको ब्याटिङमा थप गहिराइ ल्याउने खड्काको भनाइ छ।
टोलीमा आबद्ध भएपछि दबारेले पनि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न पाउँदा खुसी व्यक्त गरेका छन्। उनले नेपाल आएर टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्ने र उपाधि जिताउने अभियानमा योगदान पुर्याउने लक्ष्य रहेको बताए।
