• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कोप–३१ मा शेर्पा पोशाक लगाएको विषयमा मन्त्री चौधरीको आलोचना

परम्परागत पहिरनको मर्यादा कायम नगरेको भन्दै सार्वजनिक माफी माग्न माग

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
कोप–३१ मा शेर्पा पोशाक लगाएको विषयमा मन्त्री चौधरीको आलोचना
0
SHARES
3
VIEWS

काठमाडौँ । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा सहभागी कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी शेर्पा समुदायको परम्परागत पोशाक लगाएको विषयलाई लिएर विवादमा परेकी छन् ।

मन्त्री चौधरीले शेर्पा समुदायको मौलिक पहिरन सही तरिकाले नलगाएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी बागमती प्रदेश अध्यक्ष छिरिङ डोल्मा शेर्पाले फेसबुकमार्फत मन्त्रीको पहिरनप्रति असन्तुष्टि जनाएकी हुन् ।

शेर्पाका अनुसार मन्त्री चौधरीले हिमाली क्षेत्रको सांस्कृतिक पहिरनबारे पर्याप्त जानकारी नलिई र सम्बन्धित समुदायसँग परामर्श नगरी पोशाक लगाएकी छन् । उनले मन्त्रीको पहिरनलाई सांस्कृतिक पहिचान र मर्यादासँग जोडेर प्रश्न उठाएकी छन् ।

फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै शेर्पाले मन्त्रीको उक्त गतिविधि हिमाली समुदायको मुद्दा उठाउने प्रयास नभई समुदायको पहिचानमाथि व्यंग्य गरेजस्तो देखिएको टिप्पणी गरेकी छन् ।

उनले कोप–३१ मा सहभागी विभिन्न देशका प्रतिनिधिले मन्त्रीको तस्बिर देखेपछि शेर्पा समुदायको पहिरनबारे गलत धारणा बनाउन सक्ने चिन्ता व्यक्त गरेकी छन् ।

सगरमाथा आरोहणमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्न तथा हिमालको संरक्षणमा शेर्पा समुदायले पुर्‍याएको योगदान स्मरण गराउँदै उनले समुदायको सांस्कृतिक पहिचानलाई हल्का रूपमा लिन नहुने बताएकी छन् ।

हिमाली क्षेत्रका समस्या र मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउन शेर्पा समुदायको पहिरन लगाउनैपर्ने बाध्यता नरहेको उनको भनाइ छ । मन्त्रीकै आधिकारिक हैसियतमा हिमाली क्षेत्रका विषय प्रस्तुत गर्न सकिने उल्लेख गर्दै शेर्पा पोशाक लगाउने हो भने त्यसको सांस्कृतिक मर्यादा र विधि पालना गर्नुपर्ने उनले सुझाव दिएकी छन् ।

‘पहिरन भनेको पहिचान हो । पहिचान उल्टो भएपछि जाति नै उल्टो देखिन्छ । यो सम्पूर्ण हिमाली क्षेत्रको अपमान भएको छ,’ शेर्पाले फेसबुकमा लेखेकी छन् ।

उनले मन्त्री चौधरीले यस विषयमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसमेत गरेकी छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरमा मन्त्री चौधरीले शेर्पा महिलाले कम्मरमा बाँध्ने परम्परागत धर्के एप्रोन (पाङदेन) फरक तरिकाले लगाएको देखिन्छ । त्यस्तै, परम्परागत आङ्गी (बख्खु) माथि आधुनिक कोट लगाएको तस्बिर पनि सार्वजनिक भएको छ ।

मन्त्रीको यही पहिरनलाई लिएर शेर्पा समुदायको सांस्कृतिक पहिचान र परम्परागत पोशाकको सम्मान गर्नुपर्ने विषयमा सामाजिक सञ्जालमा बहस सुरु भएको छ ।

 

Previous Post

आईजीपी हटाउने सल्लाहकारको नैतिकता खोइ ? : प्रदीप पौडेल

Next Post

पाटनमा आजदेखि ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच सुरु, १२ दिनसम्म प्रदर्शन गरिने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav