• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कोप–३१ मा राष्ट्रसंघका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेट

भोटेकोशी बाढीपछिको पुनर्निर्माण, जलवायु वित्त र विश्वव्यापी शासन प्रणाली सुधारबारे छलफल

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
कोप–३१ मा राष्ट्रसंघका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेट
0
SHARES
5
VIEWS

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् ।

टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा उनीहरूबीच द्विपक्षीय छलफल भएको हो ।

भेटका क्रममा मन्त्री खनालले हालै भोटेकोशी क्षेत्रमा आएको जलवायुजन्य बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकोमा महासचिव गुटेरेसलाई धन्यवाद दिए ।

खनालले संयुक्त राष्ट्रसंघको नेतृत्वमा बहुपक्षीय सहकार्य, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका क्षेत्रमा गुटेरेसले पुर्‍याउँदै आएको योगदानको प्रशंसासमेत गरे ।

जवाफमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियानमा नेपाली सेना तथा प्रहरीको सहभागिता र योगदानको सराहना गरे । शान्ति स्थापनाका लागि सुरक्षाकर्मी पठाउने प्रमुख राष्ट्रमध्ये नेपाल रहेको उल्लेख गर्दै उनले विश्व शान्ति र स्थायित्व कायम गर्न नेपालको भूमिकालाई महत्त्वपूर्ण बताए ।

भेटवार्तामा भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासबारे पनि छलफल भएको थियो । त्यसैगरी विश्वव्यापी शासन प्रणालीमा सुधार, बहुप्रकोप पूर्वसूचना प्रणालीको विकास र जलवायु वित्तको विस्तारका विषयमा दुवै पक्षले विचार आदानप्रदान गरेका थिए ।

जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई थप सशक्त बनाउने विषयमा समेत उनीहरूबीच छलफल भएको थियो ।

भेटमा क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विषयसँगै जलवायु कार्यलाई प्रभावकारी बनाउन संयुक्त राष्ट्रसंघ र सदस्य राष्ट्रहरूबीच सहकार्य बढाउनुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।

 

Previous Post

एनभिडियामा ठूलो संकट : सीईओ हुआङको राजीनामापछि पाँच दिनमै ५५० अर्ब डलरको क्षति

Next Post

१५ वर्षदेखि अलपत्र कमला पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा आउने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav