• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

स्वास्थ्यलाभपछि अमिताभ बच्चन पुनः ‘कौन बनेगा करोडपति १८’ को मञ्चमा

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
स्वास्थ्यलाभपछि अमिताभ बच्चन पुनः ‘कौन बनेगा करोडपति १८’ को मञ्चमा
0
SHARES
1
VIEWS

बलिउडका महानायक अमिताभ बच्चन स्वास्थ्यमा सुधार आएपछि पुनः काममा फर्किएका छन्। केही समयदेखि चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेका उनी लोकप्रिय टेलिभिजन क्विज शो ‘कौन बनेगा करोडपति १८’ को होस्टका रूपमा दर्शकमाझ देखिएका हुन्।

अमिताभको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त गरिरहेका प्रशंसकहरू उनकाे पुनरागमनको खबरले उत्साहित भएका छन्। सोनी टेलिभिजनले शोको नयाँ प्रोमो सार्वजनिक गर्दै अमिताभ पुनः कार्यक्रम सञ्चालनमा फर्किएको जानकारी दिएको हो।

गत महिना स्वास्थ्यका कारण चिकित्सकले आराम गर्न सुझाव दिएपछि अमिताभले कामबाट केही समयका लागि दूरी बनाएका थिए। यस अवधिमा उनी सामाजिक सञ्जालमा समेत सक्रिय देखिएका थिएनन्।

नयाँ प्रोमोमा अमिताभ दर्शकलाई दीपावलीको शुभकामना दिँदै आफ्नो पारिवारिक उत्सवबारे कुरा गरिरहेका छन्। उनले परिवारसँग दीपावली मनाएको उल्लेख गर्दै ‘कौन बनेगा करोडपति’ को मञ्चलाई पनि आफ्नो अर्को परिवारका रूपमा व्याख्या गरेका छन्।

प्रोमोमा उनले दर्शकलाई सम्बोधन गर्दै आफूहरू परिवारसँग चाडपर्व मनाएर पुनः केबीसीको मञ्चमा उपस्थित भएको बताएका छन्।

कार्यक्रमकै क्रममा हटसिटमा रहेका एक प्रतियोगीले अमिताभको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्दै उनको हालखबर सोधेका छन्। त्यसको जवाफमा अमिताभले पहिला प्रतियोगीकै स्वास्थ्यबारे प्रश्न गरेका थिए।

प्रतियोगीले आफू स्वस्थ रहेको बताएपछि अमिताभले मुस्कुराउँदै आफू पनि ठीक रहेको प्रतिक्रिया दिएका छन्। साथै, आफ्नो स्वास्थ्यलाभका लागि शुभेच्छा, प्रार्थना र आशीर्वाद दिने सबैप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्।

अमिताभले प्रशंसकहरूको माया र शुभकामनाकै कारण आफू पुनः केबीसीको मञ्चमा फर्किन सकेको बताएका छन्।

लामो समयदेखि दर्शकको मन जित्दै आएको ‘कौन बनेगा करोडपति’ मा अमिताभको पुनरागमनले कार्यक्रमका प्रशंसकहरूमा खुसी थपेको छ।


Previous Post

एनपीएलमा काठमान्डु र सुदूरपश्चिमबीच निर्णायक भिडन्त, विजेता प्लेअफमा पुग्ने

Next Post

राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav