खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। टस जितेसँगै काठमान्डुले सुदूरपश्चिम रोयल्सलाई सुरुवाती ब्याटिङको जिम्मेवारी दिएको छ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ। यस खेलमा जित हासिल गर्ने टोलीले प्रतियोगिताको प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नेछ।
दुवै टोलीमा दुई–दुई खेलाडी परिवर्तन
सुदूरपश्चिम रोयल्सले आजको खेलका लागि आफ्नो पहिलो रोजाइमा दुई परिवर्तन गरेको छ। अभिनाश बोहराको स्थानमा दीपक बोहराले खेल्नेछन् भने सैफ जैबको ठाउँमा फाबियन एलनलाई टोलीमा समावेश गरिएको छ।
यता, काठमान्डु गोर्खाजले पनि दुई खेलाडी परिवर्तन गरेको छ। अस्ट्रेलिया फर्किसकेका डेभिड वार्नर र विदेशी खेलाडी विलियम बोसिस्टोको स्थानमा श्रीलंकाका दुसान हेमन्था र अस्ट्रेलियाका साम हिजलेटले पहिलो रोजाइमा अवसर पाएका छन्।
